हाम्रो कार्यक्षमतामा न्यूनता देखिएको छ, काम गर्न खबरदारी गरौँ, अवरोध नगरौँ : प्रधानमन्त्री « Khabarhub

हाम्रो कार्यक्षमतामा न्यूनता देखिएको छ, काम गर्न खबरदारी गरौँ, अवरोध नगरौँ : प्रधानमन्त्री

५७ अर्ब १० करोडको लागतमा ३ वर्षमा सडक बन्नेछन्


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्षमता बढाउने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट १ सय ६५ सडक शिलान्यास गर्दै प्रधानमन्त्रीले आज शिलान्यास भएका सडक समयमै निर्माण सम्पन्न गर्न सरोकारवाल सबैलाई निर्देशन दिएका छन् ।

उनले आजबाट शुरू भएको कामको सबैले नियमन गर्नुपर्ने तर कसैले अवरोध गर्न नहुने बताए । एउटै कामका लागि विभिन्न क्रियाकलाप अवरोधक भएको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे । उनले भने, ‘काम हुन भन्दा पनि पहिला विभिन्न हाम्रै संसदीय समितिले छलफलका लागि बोलाउने, काम रोक्न निर्देशन दिने गरिएको छ । यसले पार्ने असरका बारेमा सोच्नुपर्छ । यदी कमकमजोरी भएको छ भने सरोकारवाला निकायलाई घच्घच्याउनुपर्छ काम रोक्न हुँदैन ।’

प्रधानमन्त्री ओलीले विकास निर्माणका काममा प्रतिकुल असर पर्नेगरी कसैले कुनै काम गर्न नहुने बताए ।

उनले आज शिलान्यास भएका सडक तीन वर्षभित्र निर्माण सम्पन्न गर्नै पर्ने बताए । ‘५७ अर्ब १० करोडको लागतमा ३ वर्षभित्र (२०८० सालभित्र) सम्पन्न हुने गरी हामीले शुरू गरेका छौँ । यसले कमसेकम दुई लेनको सडक निर्माण गर्नेछ । यसका लागि सडकका बेग्ला बेग्लै मापदण्ड छन्,’ प्रधानमन्त्रीले भने, ‘आज हामीले शिलान्यास गरेका सडक तीन वर्षभित्र सम्पन्न हुनेछन् । यी काम समयमै सकिएको हेर्न चाहन्छु । जनताको चाहना पनि त्यही हुनेछ ।’

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १२ : १३ बजे

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन