तीन आश्रमलाई वाग्मती सरकारको सहयोग « Khabarhub

तीन आश्रमलाई वाग्मती सरकारको सहयोग


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले आर्थिक तथा सामाजिक विकास र समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।

६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आज हेटौँडामा रहेका तीनवटा आश्रमलाई चेक हस्तान्तरण गर्दै उनले सहकारी संस्थाले नाफामुखी नभई समाजका लागि योगदान गर्नुपर्ने बताए ।

मन्त्री लामाले मानव सेवा आश्रम, मामा घर नेपाल र राजदेवी असहाय आश्रमलाई चेक हस्तान्तरण गरे ।

कार्यक्रममा सहकारी दिवस वाग्मती प्रदेश मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटा, मन्त्रालयका सहकारी रजिष्टार विक्रमप्रसाद पाण्डे र वाग्मती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष वल्लभ सापकोटाले सहकारीको भूमिकाका सम्बन्धमा स्पष्ट पारेका थिए ।

कार्यक्रममा उत्कृष्ट काम गर्ने जिल्ला बचत तथा ऋण सहकारी सङ्घ मकवानपुरका व्यवस्थापक सुमित्राकुमारी वाइबालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १ : ४० बजे

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका