अब छिट्टै नयाँ सरकार गठन हुन्छ : प्रचण्ड « Khabarhub

अब छिट्टै नयाँ सरकार गठन हुन्छ : प्रचण्ड


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अब छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् ।

कपिलवस्तुमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेसले केपी ओलीको राजीनामा माग गरेकाले अब देशमा राजनीतिक परिवर्तन हुने र नयाँ सरकार आउने दाबी गरे ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अब देशले छिट्टै नयाँ सरकार पाउँछ । केही दिनमै राजनीतिले कोल्टे फेर्नेछ ।’

अध्यक्ष प्रचण्डले १० वर्षे जनयुद्धका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान निर्माण भएको दाबी गरे । माओवादी जनयुद्धमा मधेसी जनताका छोराछोरीले गरेको बलिदानी र त्यागका कारण देशमा नयाँ संविधान जारी भएको भन्दै सम्पूर्ण मधेसी समुदायलाई धन्यवाद दिए ।

उनले नयाँ सरकार गठन हुनेबित्तिकै आफूले सबैभन्दा पहिला सीमानाकामा मधेसी जनताले भोग्नुपरेको समस्या हटाउने प्रतिबद्धता जनाए ।

प्रचण्डले भने, ‘मलाई मधेसमा केके समस्या छन् सबै थाहा छ । यहाँ सीमामा समस्या छ, मलखाद र सिंचाइको समस्या छ, महिलाहिंसाको समस्या छ अनि रोगव्याधीको समस्या छ । ति सबै नयाँ सरकार गठन हुनेबित्तिकै समाधान हुनेछ ।’

राजनीतिमा केपी ओली भन्दा आफू इमान्दार भएको उनले दाबी गरे ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ३ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै