मुस्ताङमा सेनाको ‘सफा हिमाल’ अभियान शुरू | Khabarhub Khabarhub

मुस्ताङमा सेनाको ‘सफा हिमाल’ अभियान शुरू


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जोमसोम – मुस्ताङमा नेपाली सेनाले ‘सफा हिमाल’ अभियान शुरू गरेको छ । सरकारको राष्ट्रिय अभियान २०२१ अन्तर्गत प्रकृति तथा पर्यावरण संरक्षण तथा जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सफा हिमाल अभियान शुरू भएको हो ।

अभियान अन्तर्गत सगरमाथा लगायत ६ वटा हिमाल सरसफाइ गर्ने कार्यक्रम सेनाले तय गरेको मुस्ताङको जोमसोम स्थित सैनिक उच्चशिखर शिक्षालयमा आयोजित कार्यक्रममा जनाएको हो ।

सेनाले हिमाली जिल्ला मुस्ताङमा ‘सफा हिमाल’ कार्यक्रममा सेनाका ५० जना सहभागी गराउने जनाएको छ । मुस्ताङको खम्पा हेडक्वाटर कैसाङ क्याम्प क्षेत्र र जोमसोममा तालिम सञ्चालन गरेको जनाएको छ । तालिम लिइरहेका सेनाको टोलीबाट हिमाल सरसफाइ कार्यक्रम सम्बन्धी जानकारी एंव सरसफाइ/आरोहरण दौरान आइपर्ने समस्या र चुनौती बारे प्रशिक्षण गरिएको छ ।

शुक्रबार शिक्षालयको क्याम्पमा ‘हिमाल सफा’अभियानमा आउनसक्ने विपद् उद्दार सम्बन्धी नाटक (डेमो) प्रर्दशन गरियो । अभियानको नेतृत्व गर्ने सेनाको टोलीले अन्तरक्रिया तथा कार्यक्रमबारे स्थानीय जनप्रतिनिधि, प्रशासन, स्थानीय तह, सुरक्षा निकाय, एक्याप र अन्य निकायलाई जानकारी गराएको छ । अभियान अन्तर्गत मुस्ताङमा खटिएको टोलीले धवलागिरि हिमाल सरसफाइ गर्ने तयारी गरेको जनाएको छ । यसका लागि सरोकारवाला निकायसँग सहयोग र समन्वय गर्न छलफल गरिएको छ ।

सरकारको ‘सफा हिमाल’ अभियान अन्तर्गत प्रदुषण रोक्ने, जलवायु परिवर्तन न्युनिकरण गर्ने हिमाली अर्थव्यवस्था अभिवृद्धि गर्न सरकारलाई सहयोग गर्ने, पर्यटन प्रर्वद्धन तथा पर्वतारोहीलाई आकर्षित गर्ने र भावी पुस्ताको लागि हिमालको संरक्षण गर्ने लक्ष्य रहेको बताइएको छ । सेनाले जिम्मा पाएको यस अभियानमा नेपालका व्यवसायीक पर्वतारोही समेतलाई समावेश गराइने भएको छ ।

अभियानलाई वन तथा वातावरण मन्त्रालय, पर्यटन मन्त्रालय, पर्यटन विभाग र पर्यटन बोर्डले सहयोग गर्ने जनाइएको छ । अभियान मार्फत् नेपाली सेनाको स्रोत साधनको अधिकतम उपयोग गर्दै संकलित फोहोरको वर्गिकरण गर्ने, अभियानसँग समन्वय राख्ने, सरोकारवाला निकायको पहिचान र सहकार्य गर्ने र धेरै भन्दा धेरै आरोहीलाई बेसक्याम्प भन्दा माथिबाट फोहोर संकलन गर्ने लक्ष्य रहेको बताइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ९ : ३५ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि