ओलीको षड्यन्त्रलाई पूरा हुन दिँदैनौँ : माधव नेपाल « Khabarhub

ओलीको षड्यन्त्रलाई पूरा हुन दिँदैनौँ : माधव नेपाल


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता माधव कुमार नेपालले कम्युनिष्ट पार्टीलाई सिध्याउने खेलमा केपी शर्मा ओली लागेको भन्दै आफूहरूले उक्त षड्यन्त्र पूरा हुन नदिने बताएका छन् ।

शनिबार उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

आफूहरू ओली प्रवृत्तिसँग जुधिराखेको भन्दै उनले त्यो प्रवृत्तिको हार र आफूहरूको जीत सुनिश्चित रहेको बताए । उनले ओलीले नै पार्टीलाई कमजोर बनाउन तत्पर रहेको आरोप लगाए । उनले पार्टीभित्रको समस्यालाई समाधान गर्न नखोज्दा अहिले समस्या देखिएको र समस्या समाधानका लागि ओली उदाशिन देखिएको तर्क गरे ।

कार्यक्रममा एमाले नेता भीम रावलले पार्टी विधान मिचेर नेताहरूलाई गरिएको कारबाहीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको भष्मासुर प्रवृत्तिलाई छरपष्ट पारेको बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ६ : १८ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयहरूमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६