ओलीको षड्यन्त्रलाई पूरा हुन दिँदैनौँ : माधव नेपाल | Khabarhub Khabarhub

ओलीको षड्यन्त्रलाई पूरा हुन दिँदैनौँ : माधव नेपाल


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता माधव कुमार नेपालले कम्युनिष्ट पार्टीलाई सिध्याउने खेलमा केपी शर्मा ओली लागेको भन्दै आफूहरूले उक्त षड्यन्त्र पूरा हुन नदिने बताएका छन् ।

शनिबार उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

आफूहरू ओली प्रवृत्तिसँग जुधिराखेको भन्दै उनले त्यो प्रवृत्तिको हार र आफूहरूको जीत सुनिश्चित रहेको बताए । उनले ओलीले नै पार्टीलाई कमजोर बनाउन तत्पर रहेको आरोप लगाए । उनले पार्टीभित्रको समस्यालाई समाधान गर्न नखोज्दा अहिले समस्या देखिएको र समस्या समाधानका लागि ओली उदाशिन देखिएको तर्क गरे ।

कार्यक्रममा एमाले नेता भीम रावलले पार्टी विधान मिचेर नेताहरूलाई गरिएको कारबाहीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको भष्मासुर प्रवृत्तिलाई छरपष्ट पारेको बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ६ : १८ बजे

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा