राष्ट्रपति र खनालबीच भेट, पार्टीलाई एकताबद्ध बनाएर लैजानेबारे छलफल « Khabarhub

राष्ट्रपति र खनालबीच भेट, पार्टीलाई एकताबद्ध बनाएर लैजानेबारे छलफल


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई उनकै निवास डल्लु पुगरे भेट गरेकी छन् ।

राष्ट्रपति भण्डारी शनिबार इतिहासविद् डा. महेशराज पन्तको निवासमा पुस्तकालय उद्घाटन गर्न पुगेकी थिइन् । सोही क्रममा राष्ट्रपति भण्डारी केही समय अघि मात्रै भारतबाट उपचार गरेर फर्किएका खनालको स्वास्थ्य अवस्था बुझ्न उनको निवास पुगेको बताइएको छ ।

सो क्रममा राष्ट्रपति र खनालबीच वर्तमान राजनीतिक परिस्थितिबारेमा कुराकानी भएको छ ।

राष्ट्रपतिसँगको भेटमा वर्तमान परिस्थितिबारे छलफल भएको नेता खनालले जानकारी दिए । भेटवार्तामा पार्टीलाई एकतावद्ध बनाएर लैजाने विषयमा कुरा भएको उनले बताए ।

भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै खनालले भने, ‘उहाँ देशको अभिभावक र संविधानको परिपालक हो । पहिले म नेता हुँदा कार्यकर्ता भएर काम गर्नुभएको थियो । अहिले सम्मानित स्थानमा पुग्नुभएको छ । राष्ट्रको परिपालक भएको हिसाबले पहिलेका नेताहरुलाई सम्झिनु खुशीको कुरा हो । मलाई खुशी लागेको छ ।’

‘अहिलेको वर्तमान स्थितिको बारेमा पनि अलिकति कुरा गर्‍यौं,’ राष्ट्रपतिसँगको भेटबारे खनालले भने, ‘उहाँले पार्टी, (कम्युनिस्ट) आन्दोलन एकताबद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस् मेरो चाहिँ राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुरा गर्नुभयो ।’

राष्ट्रपति र खनालबीच करिब एक घण्टा भेट भएको थियो । राष्ट्रपतिले नेता खनालको स्वास्थ्यको बारेमा पनि चासो राखेकी थिइन् । जवाफमा खनालले आफ्नो व्यक्तिगत स्वास्थ्यको कुरा भन्दा पनि पार्टी र कम्युनिस्ट आन्दोलनको चिन्ता लागेको जवाफ दिएको बताए ।

राजनीतिक दलहरू एकताबद्ध र बलिया भएमात्रै गणतन्त्र बलियो हुने कुरा राष्ट्रपतिलाई बताएको खनालको भनाइ छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बित गरेपछि एमाले विभाजनको संघारमा पुगेको छ ।

पार्टीभित्र विवाद चुलिएको अवस्थामा राष्ट्रपति भण्डारीले वरिष्ठ नेता खनाललाई भेट्न गरेकी हुन् ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ७ : ५२ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा