बाँकेको नरैनापुरमा एक सय १५ घर जले, ४ जना घाइते | Khabarhub Khabarhub

बाँकेको नरैनापुरमा एक सय १५ घर जले, ४ जना घाइते


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज – बाँकेको नरैनापुर गाउँपालिका-४ खोदवा गाउँमा शनिबार आगलागी हुँदा एक सय १५ घर जलेर नष्ट भएका छन् ।

घटनास्थल पुगेका बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार दिउँसो साढे ३ बजेतिर आगलागीमा परी ४ जना घाइते भएका छन् ।

घाइतेको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । क्षतिको एकिन विवरण अझैं संकलन भइसकेको छैन । आगलागीको सूचना पाउने बित्तिकै नरैनापुर गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी पाँच वटा दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुङबाङले जानकारी दिए ।

जिल्ला सदरमुकाम नेपालगन्जबाट ४० किमि पूर्वमा रहेको नरैनापुरमा यो वर्ष आगलागी भएको यो पाँचौ पटक हो । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले यस अघि वडा नं. १ मा २४, वडा नं. २ मा १८, वडा नं. ४ मा १० वटा र वडा नं. ६ मा ४ वटा घर जलेर नष्ट भएको बताए ।

उनले भने, ‘धेरैको फुसको छानो भएको घर छन् । पानी नपरेर सुकेको छ । एउटा घरमा आगो लाग्ने बित्तिकै सल्केर एकैपटक धेरै घर जलेर नष्ट हुने गरेका छन् ।’ गाउँपालिका अध्यक्ष शाहले ‘विषम परिस्थितिमा केन्द्र, प्रदेश र अन्य स्थानीय सरकारलाई सहयोगको लागि सामाजिक सञ्जालमार्फत अपिल पनि गरेका छन् ।

आगलागी भएको क्षेत्रमा सुरक्षाकर्मी, रेडक्रस र स्थानीय तहले टेण्ट टाँगेर पीडित परिवारलाई बास र गासको व्यवस्था गरेका छन् ।

फागुन र चैतमा मात्रै नरैनापुरमा १ सय ४३ घर जलिसकेका छन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन सूचना केन्द्रका व्यवस्थापक रूपन ज्ञवालीले अव्यवस्थित घर तथा कमजोर संरचनाका कारण आगलागीका घटना बढेको बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १० : ४९ बजे

सकारी ठगीका ‘मुख्य योजनाकार’ नै रवि, यसकारण छाड्न अस्वीकार गर्‍यो सर्वोच्चले

काठमाडौं– रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा

किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरी नियन्त्रणमा

दार्चुला – महालेखापरीक्षकको कार्यालयअन्तर्गत लेखा परीक्षणका लागि सञ्चालन गरिएको नेपाल

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग प्रचण्डको भेटघाट

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को मध्यपहाडी पुष्पलाल लोकमार्ग

आईपीएल : २३३ रनको लक्ष्य पछ्याउँदै आरसीबी

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत अहिले जारी खेलमा

तिनाउमा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला

पाल्पा – पाल्पाको तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय नागरिक