टाल्सटायको शिक्षा « Khabarhub

टाल्सटायको शिक्षा


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वृद्ध लेखक टाल्सटायलाई एक युवक भेट्न आयो । ऊ एकदमै चिन्तित थियो ।

टाल्स्टायले सोधे— किन चिन्तित छौ ?

मलाई केही पैसा आवश्यक छ । कृपया तपाईंले मेरो मद्दत गरिदिनुस् ।

टाल्स्टायले भने— मेरो एकजना साथीले मान्छेको आँखा किन्छ । यदि तिमीले तिम्रो आँखा बेच्यौ भने २० हजार त पाइहाल्छौ ।

युवकले डराएर भन्यो— म मेरो आँखा बेच्न सक्दिनँ । केही छैन । उसले हातखुट्टा पनि किन्छ । तिम्रो हातखुट्टाको ६० हजार त दिइहाल्छ ।

युवकले रिसाउँदै भन्यो— मलाई तपाईंबाट यस्तो अपेक्षा थिएन ।

टाल्स्टायले शान्तभावमा भने— हेर, म तिम्रो मद्दत गर्न चाहन्छु । यदि धनवान हुनुछ भने तिमीले आफ्नो आँखा र हातखुट्टा उसलाई बेचिदेऊ । उसले यी सबैको एक लाख रुपैयाँ त दिइहाल्छ । तिम्रो सबै चिन्ता पनि हट्नेछ ।

एक लाख त के एक करोड दिए पनि म आफ्नो शरीर बेच्दिनँ ।

टाल्स्टायले हाँस्दै भने— अनि तिमीले कसरी भन्न सक्छौ तिमीसँग केही छैन भनेर ? जबकि यो शरीर पूरै खजाना हो । आफ्नो अमूल्य हात कसैको अगाडि किन फैलाउँछौ ? मिहिनेत गर, धनको वर्षा आफै हुनेछ ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : २३ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष