मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको जित « Khabarhub

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको जित


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-२ गोलले पराजित गरेको हो ।

भ्यालेन्सियाको मैदानमा बार्सिलोनाले पुनरागमन जित निकालेको हो ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । एन्टोनियो ग्रीजम्यानको नाममा एक गोल रह्यो ।

भ्यालेन्सियाका गाब्रियल पौलिस्टा र कार्लोस सोलेरले एक एक गोल फर्काए ।

जितसँगै बार्सिलोनाले ३४ खेलमा ७४ अंक जोडेको छ । बार्सिलोना तेस्रो स्थानमा रहेको छ । भ्यालेन्सिया ३६ अंकसहित १४औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ७ : ५० बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ