कर्णाली प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन « Khabarhub

कर्णाली प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा अक्सिजन प्लान्ट सञ्चालन भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लामो समयदेखि जडान भई थन्किएको अक्सिजन प्लान्ट आइतबारदेखि सञ्चालनमा आएको छ ।

मुख्यमन्त्री शाही तथा सत्ता साझेदार दल नेपाली कांग्रेस प्रदेशसभा दल नेता जीवनबहादुर शाहीसहितको टोलीले आइतबार त्यहाँ पुगेर अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको हो ।

तीन दिनअघि मुख्यमन्त्री शाहीसहित आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले प्रदेश अस्पतालको स्थलगत अनुगमन गर्नुका साथै कोरोना सङ्क्रमितको अवस्था अध्ययन, आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापनका बारेमा अस्पताल निर्देशक प्रा डा डम्बर खड्का र कोरोना सम्पर्क व्यक्ति डा केएन पौडेलसँग जानकारी लिएकी थिइन् ।

खासगरी पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमणले संक्रमितको संख्या बढ्दै गएको र त्यसमा श्वासप्रश्वासका बिरामीको जीवन बढी खतरामा रहेको भन्दै मुख्यमन्त्री शाही आफैँ प्रदेश अस्पताल पुगेर अक्सिजन प्लान्ट सञ्चालनमा सघाएका हुन् ।

सामाजिक विकासमन्त्रीसमेत रहेका मुख्यमन्त्री, नेपाली सेनाका पृतनापति, सामाजिक विकास सचिव, सशस्त्र तथा नेपाल प्रहरी कर्णाली प्रदेश प्रमुखसहितको टोलीले स्थलगत गर्नुका साथै प्लान्ट सञ्चालनमा सहजीकरण गरेको थियो ।

आइतबारदेखि नै कोभिड अस्पतालको आइसोलेसन कक्षमा अक्सिजन आपूर्ति गरिएको बताइएको छ । अस्पताल निर्देशक प्रा डा खड्काका अनुसारका अक्सिजन उत्पादनका साथै अबको केही दिनमा सिलिण्डर नै रिफिलिङ हुने गरी काम भइरहेको छ ।

यसो हुन सकेमात्र श्वासप्रश्वासका बिरामीलाई राहत हुने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १ : ०० बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु