झापामा निषेधाज्ञा, सवारी साधनमा जोर–बिजोर « Khabarhub

झापामा निषेधाज्ञा, सवारी साधनमा जोर–बिजोर



झापा- झापामा आजदेखि निषेधाज्ञा लागु भएको छ ।

कोरोनाको संक्रमणदर उच्च भए पछि नियन्त्रणका लागि झापामा राति १२ बजेदेखि निषेधाज्ञा लागु भएको हो ।

यसअघि नै जिल्ला प्रशासन कार्यालय झापाले बैशाख १९ गते मध्यरातिदेखि २६ गते मध्यराति सम्मका लागि निषेधाज्ञा लागु हुने सूचना जारी गरेको थियो ।

निषेधाज्ञा कार्यान्वयनका लागि बिहानैदेखि सुरक्षाकर्मी परिचालित भएका छन् । ठाउँ ठाउँमा सवारी चेकजाँच बढाइएको छ भने नियम विपरीत चलेका सवारी साधनलाई सडक किनारामा नै ‘होल्ड’ गरिएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज कार्कीले निषेधाज्ञा कार्यान्वयन गराउन १५ ओटा प्रहरी टोलि परिचालन गरिएको जनाएका छन् ।

सवारी साधनमा जोरबिजोर

निषेधाज्ञा अवधी भरि सवारी साधनहरुलाई जोर विजोर प्रणाली लागु भएको छ ।

जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर भएका सवारी साधन मात्र चलाउन पाईने निषेधाज्ञामा भनिएको छ । जस अनुसार पहिलो दिन जोर नम्बर परेकाले सञ्चालनमा आएका बिजोर नम्बरका सवारी साधनहरुलाई प्रहरीले होल्ड गराएको हो ।

जोर–बिजोर प्रणाली लागु गरिए पनि सार्वजनिक सवारी साधन भने झापामा न्युन मात्र चलेका छन् । यात्रुबाहक बस फाट्ट फुट्ट मात्र चलिरहेका छन् । जोर विजोर प्रणाली लागु भए पनि अत्यावश्यकीय सवारी साधनहरु भने सञ्चालन गर्न पाईने छ ।

के के गर्न नपाइने ?

यस अवधीमा सवै प्रकारका हाट, बजार, मेला, महोत्सव, जात्रा जस्ता कार्यक्रम सञ्चालन गर्न पाइने छैन ।

यस्तै शैलुन, व्युटीपार्लर, जिमखाना लगायतका बढी मानिस जम्मा हुने व्यसाय गर्न पनि निषेधाज्ञाभर रोक लगाइको छ ।

सरकारी कार्यालय, बैंक, सहकारी तथा वित्तिय संस्थाहरुलाई आलोपालो प्रणालीबाट सेवा दिन वा अत्यावश्यक सेवा मात्र प्रवाह गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

यस्तै विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यहरुमा २५ जना मात्र सहभागी हुन पाइने भएको छ भने अत्यावश्यकीय बाहेकका अन्य पसल बिहान ६ बजे देखि ११ बजे सम्म मात्र खुल्ला हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाद्वारा जारी आदेशमा उल्लेख छ ।

तर बिहानै देखि नै कतिपय पसलहरु खुलेका छैनन् भने खाद्यान्न तथा तरकारी पसलहरुमा उपभोक्ताहरुको भीड देखिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १० : १५ बजे

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै