जबरजस्ती करणी मुद्दामा फरार व्यक्ति १० वर्षपछि पक्राउ « Khabarhub

जबरजस्ती करणी मुद्दामा फरार व्यक्ति १० वर्षपछि पक्राउ


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई १० वर्ष देखि फरार रहेका संखुवासभाका एक व्यक्तिलाई प्रहरीले सुनसरीको खनारबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चैनपुरका अनुसार संखुवासभाको चैनपुर नगरपालिका–१० घर भएका गणेश भनिने लेकबहादुर अधिकारीलाई पक्राउ गरिएको हो ।

प्रहरीले अपराध गरेको १० वर्षपछि उनलाई सुनसरीको खनारबाट पक्राउ गरेको हो ।

४३ वर्षीय उनले १३ वर्षीया बालिकालाई बलात्कार गरेको मुद्दामा २०७२ माघ १८ मा अदालतले १२ वर्ष कैद हुने फैसला गरेको थियो ।

प्रहरीका अनुसार अधिकारी २०६८ साल माघ १२ गते ती नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १० : ५५ बजे

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र