कोरोना संक्रमण बढेछि जनगणना स्थगित | Khabarhub Khabarhub

कोरोना संक्रमण बढेछि जनगणना स्थगित


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्द्रीय तथ्यांक विभागले वैशाख २६ गतेदेखि गर्ने भनेको पहिलो चरणको जनगणनाको कार्यक्रम हालका लागि स्थगित गरेको छ ।

कोरोना संक्रमण बढेपछि १२औं जनगणनाको पहिलो चरण तत्कालका लागि स्थगित भएको हो ।

राष्ट्रिय योजना आयोगका अनुसार कोरोना संक्रमणका कारण मन्त्रिपरिषदबाट जनगणना अगाडि नबढाउने निर्णय भएपछि हाललाई स्थगित गरिएको हो ।

सरकारले स्थगित गर्ने निर्णय गरे पनि आधिकारिक पत्र भने नआइसकेको आयोगले जनाएको छ ।

संक्रमण दिनानुदिन बढ्दै गएपछि गणकहरुलाई कार्यस्थलमा खटाउन समस्या हुने भएका कारण अर्को सूचना जारी नभइञ्जेलसम्मका लागि गणना स्थगित गरिएको छ ।

नेपालले प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । प्रत्येक वर्ष असार ८ गतेलाई जनगणना दिवसका रुपमा मनाउने गरिएको छ ।

‘मेरो गणनाः मेरो सहभागिता’नाराका साथ यस वर्ष केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १२ : २० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर