भारतको कर्नाटकमा अक्सिजन नपाउँदा १२ संक्रमितको मृत्यु « Khabarhub

भारतको कर्नाटकमा अक्सिजन नपाउँदा १२ संक्रमितको मृत्यु


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको कर्नाटकमा अक्सिजन अभावमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चामाराजानगर जिल्लाको एक अस्पतालमा उपचाररत संक्रमितले अक्सिजन नपाउँदा ज्यान गुमाउनु परेको बीबीसी हिन्दीले जनाएको छ । यो अस्पताल मैसुर सहरदेखि ६० किलोमिटर दूरीमा पर्दछ ।

उक्त अस्पतालका चिकित्सकहरुको प्रयासका बाबजुद पनि अक्सिजन अभावका कारण स्वासप्रस्वासमा सामान्य अवस्था नआउँदा उनीहरुले ज्यान गुमाउनु परेको बताइएको छ ।

चामाराजानगर इन्स्टिच्युट अफ मेडिकल साइन्सेजका डीन जीएम सञ्जिवले राति १२ देखि २ बजेको बीचमा अक्सिजनको प्रेसर कम भएको जानकारी दिएका छन् ।

अस्पतालमा उपचाररत १२२ कोभिड बिरामीमध्ये ज्यान गुमाउने १२ जना अन्य रोगबाट पनि पीडित रहेको बताइएको छ ।

उक्त अस्पतालमा प्रत्येक ३५ मिनेटमा १० अक्सिजन सिलिन्डर आवश्यक पर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : ०६ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र