काठमाडौँबाट सङ्क्रमितलाई 'एयर लिफ्ट' मार्फत झापाको अस्पताल लगियो | Khabarhub Khabarhub

काठमाडौँबाट सङ्क्रमितलाई ‘एयर लिफ्ट’ मार्फत झापाको अस्पताल लगियो


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटरसहित सघन उपचार कक्ष (आइसियू) शय्याको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी बिरामी लैजानेक्रम जारी छ ।

कारोना महामारीको पहिलो चरणमा काठमाडौँ उपत्यका बाहिरका बिरामीलाई ‘हवाई बेड लिफ्ट’ गरी उपचारार्थ काठमाडौँ ल्याइने गरिन्थ्यो ।

यसक्रममा झापा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा सोमबार अपराह्न काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचारार्थ एक कोराना सङ्क्रमित बिरामीलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत ‘बेड सिफ्ट’ गरिएको छ ।

काठमाडौँका अस्पतालमा भेन्टिलेटर सहितको आइसियू शय्या नपाएपछि झापा कमल गाउँपालिका वडा –५ का ३५ वर्षीय मदन पाठकलाई बीएण्डसी अस्पताल लगिएको हो ।

यही वैशाख १५ गते पनि ह्याम्स अस्पतालबाट झापाकै कोरोना सङ्क्रमित नरप्रसाद उप्रेतीलाई भेन्टिलेटरसहित आइसियू अभाव भएपछि काठमाडौँबाट हवाई चार्टर मार्फत सो अस्पतालमा भर्ना गरिएको थियो । हाल उनको स्वास्थ्यमा सुधार भइरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँका अस्पतालमा कोरानाका बिरामीका लागि भेन्टिलेटरसहित आइसियूको अभाव भएपछि बिएण्डसीमा सम्पर्क गर्नेक्रम निरन्तर जारी छ । बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटरसहित आइसियू शय् , विशेषज्ञ चिकित्सक र आधुनिक प्रयोगशाला छ । उनले भने, “ती मध्ये २५ भेन्टिलेटर सहित आइसियू शय्या कोभिडका बिरामीलाई छुट्याएका छौँ । बिरामीको आवश्यककता अनुसार थप गर्दै जाने अस्पतालको नीति छ ।”

प्रस्तावित बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दूर्गा प्रसाईँले कोभिड –१९ सङ्क्रमितका उपचारमा बीएण्डसी अस्पतालले उच्च प्राथमिताका साथ सेवा प्रदान गरिरहेको जानकारी दिए । उनले राज्यलाई आवश्यक परेमा कोरोनाका बिरामीलाई अस्पतालमा भएका सबै शय्या र भेन्टिलेटर सहितका आइसियू शय्या उपचार सेवामा लगाउन आफू तयार रहेको बताए ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : १५ बजे

सुदूरपश्चिममा योजना खरिदबिक्रीको आरोप, सांसदले मागे छानबिन समिति

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका सांसदहरूले प्रदेश सरकारलाई गम्भीर आरोप लगाएका छन्

भ्रातृ संगठनहरूले महाधिवेशनका लागि गरेको प्रस्तावबारे गगनले गराए बैठकलाई जानकारी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघले आगामी भदौ

सुनचाँदी व्यवसायी भन्छन्- आन्दोलनबाट सरकारलाई घुँडा टेकाएरै छाड्छौँ

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै

खेलाडी र खेल पत्रकार पुरस्कृत

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा एवम् खेल

भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने मन्त्री पौडेलको तयारी

काठमाडौं– भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री