काठमाडौँबाट सङ्क्रमितलाई ‘एयर लिफ्ट’ मार्फत झापाको अस्पताल लगियो « Khabarhub

काठमाडौँबाट सङ्क्रमितलाई ‘एयर लिफ्ट’ मार्फत झापाको अस्पताल लगियो


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटरसहित सघन उपचार कक्ष (आइसियू) शय्याको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी बिरामी लैजानेक्रम जारी छ ।

कारोना महामारीको पहिलो चरणमा काठमाडौँ उपत्यका बाहिरका बिरामीलाई ‘हवाई बेड लिफ्ट’ गरी उपचारार्थ काठमाडौँ ल्याइने गरिन्थ्यो ।

यसक्रममा झापा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा सोमबार अपराह्न काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचारार्थ एक कोराना सङ्क्रमित बिरामीलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत ‘बेड सिफ्ट’ गरिएको छ ।

काठमाडौँका अस्पतालमा भेन्टिलेटर सहितको आइसियू शय्या नपाएपछि झापा कमल गाउँपालिका वडा –५ का ३५ वर्षीय मदन पाठकलाई बीएण्डसी अस्पताल लगिएको हो ।

यही वैशाख १५ गते पनि ह्याम्स अस्पतालबाट झापाकै कोरोना सङ्क्रमित नरप्रसाद उप्रेतीलाई भेन्टिलेटरसहित आइसियू अभाव भएपछि काठमाडौँबाट हवाई चार्टर मार्फत सो अस्पतालमा भर्ना गरिएको थियो । हाल उनको स्वास्थ्यमा सुधार भइरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँका अस्पतालमा कोरानाका बिरामीका लागि भेन्टिलेटरसहित आइसियूको अभाव भएपछि बिएण्डसीमा सम्पर्क गर्नेक्रम निरन्तर जारी छ । बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटरसहित आइसियू शय् , विशेषज्ञ चिकित्सक र आधुनिक प्रयोगशाला छ । उनले भने, “ती मध्ये २५ भेन्टिलेटर सहित आइसियू शय्या कोभिडका बिरामीलाई छुट्याएका छौँ । बिरामीको आवश्यककता अनुसार थप गर्दै जाने अस्पतालको नीति छ ।”

प्रस्तावित बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दूर्गा प्रसाईँले कोभिड –१९ सङ्क्रमितका उपचारमा बीएण्डसी अस्पतालले उच्च प्राथमिताका साथ सेवा प्रदान गरिरहेको जानकारी दिए । उनले राज्यलाई आवश्यक परेमा कोरोनाका बिरामीलाई अस्पतालमा भएका सबै शय्या र भेन्टिलेटर सहितका आइसियू शय्या उपचार सेवामा लगाउन आफू तयार रहेको बताए ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : १५ बजे

राष्ट्रपतिबाट जारी अध्यादेश राजपत्रमा प्रकाशित हुनासाथ एकैसाथ ११०० पद खाली हुने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौं- ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं- बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड,

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको