विद्यालयको परीक्षा स्थगित गर्दै स्थानीय तहहरू « Khabarhub

विद्यालयको परीक्षा स्थगित गर्दै स्थानीय तहहरू


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुकुमपूर्व जिल्लाका स्थानीय तहहरूले विद्यालयको वार्षिक परीक्षा स्थगन गरेका छन् । उनीहरूले कक्षा ९ सम्मको ‘वार्षिक’ र कक्षा १० को ‘एसईई तयारी परीक्षा’ शुरू गरेका थिए ।

संघीय सरकारले कोरोना संक्रमणका कारण देशभरका विद्यालय बन्द गर्ने निर्णय गरे पनि कतिपय स्थानीय तहहरूले विद्यालयको परीक्षा सञ्चालन गराएका थिए ।

सिस्ने गाउँपालिकाका र भूमे गाउँपालिका जिल्ला प्रशासन कार्यालयको निर्देशनमा परीक्षा स्थगित गरेका हुन् । यी दुवै गाउँपालिकाले गत बिहीबारदेखि विद्यालयहरूमा परीक्षा सञ्चालन गराएका थिए ।

सिस्ने गाउँपालिकाका एक कर्मचारीले भने, ‘हाम्रो गाउँपालिकामा विद्यालय बन्द गर्नुपर्ने अवस्था नभए पनि दबाब आएपछि परीक्षा पनि स्थगित गर्नुपर्‍यो ।’

त्यस्तै, पुथाउत्तरगङ्गा गाउँपालिकाले पनि वैशाख २० गतेदेखि सञ्चालन गर्ने भनेको विद्यालय तहको परीक्षा स्थगित गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले परीक्षा सञ्चालन नगर्न पत्र पठाएका कारण निर्धारित परीक्षा स्थगित गर्नुपरेको गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताए ।

संघीय सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित कोरोना संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेका जिल्लामा निषेधाज्ञा जारी गरेकै दिन ओखलढुङ्गा जिल्लाको मोलुङ गाँउपालिकाले विद्यालयहरूमा वार्षिक परीक्षा शुरू गराएको छ ।

अहिले गाँउपालिकाको अवस्था सामान्य रहेको र कोरोना संक्रमणको अवस्था जटिल हुन सक्ने कुरालाई ध्यानमा राखेर परीक्षा चाँडै लिने निर्णय गरिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले बताए ।

उनले परीक्षा नदिए पनि पास भइन्छ भन्ने विद्यार्थीको मानसिकता हटाउन पनि परीक्षा लिन जरुरी रहेको बताए । ओलखढुङ्गा जिल्लाकै सिद्धिचरण नगरपालिकाले पनि वार्षिक परीक्षा सञ्चालन गरेको छ ।

नगरपालिका क्षेत्रभित्र कोरोना संक्रमणको प्रभाव कम रहेको र पछि बढ्न सक्ने सम्भावना ध्यानमा राखेर परीक्षा सञ्चालन गरिएको सिद्धिचरण नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले बताए ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  २ : ५८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।