ओडीआई र टी-ट्वान्टी वरीयतामा नेपालको एक–एक स्थान सुधार | Khabarhub Khabarhub

ओडीआई र टी-ट्वान्टी वरीयतामा नेपालको एक–एक स्थान सुधार


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को ओडिआई र टी–२० वरीयतामा नेपालले एक-एक स्थान सुधार गरेको छ ।

आइसीसीले हरेक वर्ष मे महिनामा वार्षिक रुपमा वरीयता अपडेट गर्दै आएको छ । यसमा पछिल्लो तीन वर्षको नतिजालाई आधार मानिने आइसीसीले जनाएको छ ।

आइसीसीले सोमबारी जारी गरेको वरीयतामा नेपाल ओडिआईमा एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको छ । यस्तै टी–२० आईमा पनि एक स्थान सुधार गर्दै नेपाल १३औं स्थानमा उक्लेको छ ।

ओडिआईमा नेपाल यसअघि १७औं र युएई १६औं स्थानमा थियो । युएईलाई पछि पार्दै नेपाल १६औं स्थानमा उक्लेको हो । नेपालले २०२० फेब्रुअरीमा क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजपछि ओडिआई खेल खेलेको छैन ।

यस्तै यही बैशाख ४ देखि ११ गतेसम्म नेपालमै भएको त्रिकोणात्मक टी–२० सिरिज जितेको नेपालले टी–२० वरीयतामा सुधार गरेको हो । सिरिज दौरान नेपालको वरीयतामा तलमाथि भइरहेको थियो । सिरिजको उपाधि जितेपछि नेपाल १४औं स्थानमा उक्लेको थियो ।

पछिल्लो वरीयतामा नेपालले स्कटल्याण्डलाई पछि पार्दै १३औं स्थानमा उक्लेको हो । एसोसिएट नेशनतर्फ नेपाल सबैभन्दा अगाडि रहेको छ ।

ओडिआईतर्फ न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लेको छ भने अष्ट्रेलिया दोस्रो स्थानमा उक्लेको छ । भारत तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा झरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : ५० बजे

राष्ट्रिय कर दिवस : उत्कृष्ट करदाता सम्मानित

काठमाडौं– सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको

भारतीय अस्पतालमा आगलागी दश जना नवजात शिशुको मृत्यु 

नयाँदिल्ली– भारतीको एक अस्पतालमा आगलागी हुँदा दश जना  नवजात शिशुको

करको दायरा विस्तार गरिने

बाँके– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार करको दरभन्दा

एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

इलाम– नेकपा एमाले इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन्

गण्डकी प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जली अर्पण

कास्की– गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा