‘न जोखिम भत्ता मिल्छ, न स्वास्थ्यको सुरक्षा छ’ | Khabarhub Khabarhub

‘न जोखिम भत्ता मिल्छ, न स्वास्थ्यको सुरक्षा छ’


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– कोरोना महामारीको समयमा अग्रपङ्तिमा खटिएको जोखिम भत्ता नपाएका कारण अहिलेको कोरोना नियन्त्रणका लागि खटिन जिल्लाका स्वास्थ्यकर्मीहरु डराउन थालेका छन् ।

जोखिम भत्ता नपाउदा कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा खटिन कठिन भएको उनीहरुको गुनासो रहेको छ ।

गतवर्षको कोरोना महामारीको समयमा अग्रपङ्तिमा काम गरेका जिल्लाका स्वास्थ्यकर्मीले अहिलेसम्म पनि जोखिम भत्ता नपाएको गुनासो समेत गरेका छन् । उनीहरुले एक वर्षदेखि जोखिम भत्ता नपाएको भन्दै आक्रोश समेत पोख्दै आएका छन् । गतवर्ष नै सरकारले पहिलो लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो ।

जिल्ला अस्पतालको आइसोलेसनमा लगातार तीन–चार महिनासम्म खटिएका केही स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएपनि अन्य चिकित्सक र नर्स सहित ६० जनाले अहिले सम्म पनि जोखिम भत्ता नपाएको बताइएको छ ।

यसैगरी प्रयोगशालामा खटिने ६ जना तथा यहाँका नौवटै पालिकामा स्थापना भएका कोभिड अस्पतालका ५०० जना, १६ जना सवारी चालक र स्वास्थ्य कार्यालयका कार्यरत थप ३० गरी झण्डै ६०६ जनाले अहिलेसम्म भत्ता नपाएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्यबहादुर विष्टले जानकारी दिए । उनका अनुसार गत वर्ष क्वारेन्टिन सञ्चालनमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीले पनि भत्ता पाएका छैनन्।

जोखिम मोलेर काम गर्दा अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, केही एम्बुलेन्स चालक र सहयोगीलाई कोरोना सङ्क्रमण समेत भएको थियो । उनीहरू अहिले नियमित खटिन डराएको परिवार नियोजन निरीक्षक विष्टले बताए । उनले भने, “न जोखिम भत्ता मिल्छ, न स्वास्थ्यको सुरक्षा छ, नडराएर के गर्नु त ?”

जोखिम भत्ताका लागि स्वास्थ्य मन्त्रालयसम्म पत्राचार गरे पनि भत्ता नआएको जिल्ला अस्पताल डोटीका कोरोना सम्र्प व्यक्ति तेजबहादुर शाहीले जानकारी दिए । उनले भने, “जोखिम भत्ताका लागि स्वास्थ्य मन्त्रालयसम्म पत्राचार गरियो, तर केहीको आयो केहीको अहिले सम्मपनि नआउदा समस्या भएको छ ।”

जिल्ला अस्पताल सेवा विकास समितिले कोरोना जोखिममा खटिएका स्वास्थ्यकर्मी सहित अन्य कर्मचारीको सेवासुविधा तथा जोखिम भत्ताका लागि पहल गरिरहेको अध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने, “कोरोना जोखिममा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको जोखिम भत्ता देखि अन्य सेवा सुबिधाको विषयमा पहल भइरहेको छ, आउला भन्ने आशा गरेका छौँ ।”

जोखम भत्ता समेत नपाउने भएपछि यहाँका स्वास्थ्यकर्मीहरु अहिले पुनः कोरोना महामारीको बेलामा कसरी खटिने भन्ने चिन्तामा परेको जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्दबहादुर विष्टले बताए । उनले भने, “आफ्नो ज्यान नै जोखिममा राखेर सेवामा खटिनु परेको छ, त्यसैमा झन सरकारले आफैले दिने निर्णय गरेको भत्ता नै दिँदैन कसरी सेवा दिन सक्नु ।”

पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमण बृद्धि हुने दर निकै बढेको छ । एक हप्ताको अवधीमा जिल्लामा कोरोना सङ्क्रमित हुँनेको सङ्ख्या १३९ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । दुई हप्ताको बिचमा जिल्लामा दुइ जना कोरोना सङ्क्रमितको ज्यान गइसकेको छ । दुइ नगरपालिका सहित सात वटा गाउँपालिका रहेको डोटीमा जिल्ला अस्पताल बाहेक अन्य पालिकाका स्वास्थ्य संस्थाहरुमा अहिले सम्मपनि क्वारेन्टिन तथा आइसोलेसन कक्षहरु निर्माण गरिएको छैन । पछिल्लो केही हप्ता यतादेखि कोरोना सङ्क्रमण हुँने दर दैनिक बढ्दै गएको स्वास्थ्यकर्मीहरु बताउछन् । यहाँका प्रमुख शहर बजार भन्दा पनि ग्रमिण क्षेत्रमा रहेका नागरिकहरुमा बढी कोरोना सङ्क्रमण हुँने दर देखिएको छ ।

भारतबाट रोजगारी गरी घर फर्किएका अधिकाँस यहाँका नागरिकहरु सिधै गाउँघरमा जाने तथा त्यहाँ उनीहरुले समुदायमा घुलमिल गर्नेक्रम बढेका कारण कोरोना सङ्क्रमित हुँने दर बढ्दै गएको पाइएको हो । सङ्क्रमित हुँनेहरु प्राय सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहको बताइएको छ ।-रासस

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १० : ४५ बजे

टप एन्ड टी-२० सिरिज : नेपालले लगातार दोस्रो जित निकाल्दा सोमपालले झारे ५ विकेट

काठमाडौँ– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो

अनि जुद्ध शमशेरले गिरिजाप्रसादलाई सोधे, ‘ह्वाट इज योर नेम ?’

इतिहासमा भएका कतिपय गम्भीर घटना भित्र पनि रोचक पाटाहरू लुकेका

कराचीमा भारी वर्षा, आठ जनाको मृत्यु

काठमाडौं– पाकिस्तानको कराची सहरमा वर्षाजन्य कारणले भएका दुर्घटनामा परी आठ

मुख्यमन्त्री कार्कीले भने- मानवअधिकार संरक्षण र संवर्द्धन गर्न जिम्मेवारीपूर्वक कार्य गर्नुपर्छ 

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारको संरक्षण र संवर्द्धन

कुनै किसिमको अपराध सैह्य हुने छैन : मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अपराध नियन्त्रणमा कसैले पनि