नेपाल समूहका थप तीन सांसदलाई सोधियो स्पष्टीकरण « Khabarhub

नेपाल समूहका थप तीन सांसदलाई सोधियो स्पष्टीकरण


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका थप तीन जनालाई स्पष्टीकरण सोधेका छन् ।

अध्यक्ष ओलीको निर्देशनमा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सांसदहरू गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् ।

स्पष्टीकरण एक हप्ता अघि नै सोधिएको र उनीहरू सबैले त्यसको जवाफसमेत पठाइसकेको तामाङले खबरहबलाई जानकारी दिए । ‘यसअघि यो निर्णय सार्वजनिक गरिएको थिएन अहिले बाहिर आउन थालेको छ ।’ उनले भने ।

तीनै जनाबाट सकारात्मक रुपमा स्पष्टीकरण आएको तामाङको भनाइ छ । ‘मैले अध्यक्षलाई त्यो जवाफ दिइसकेको छु,’ उनले भने ।

तीनै जनालाई सामाजिक सञ्जाल म्यासेञ्जरबाट स्पष्टीकरण सोधिएको थियो । यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको थियो ।

‘स्पष्टीकरण पत्रमा नयाँ राजनीतिक दल खोल्ने र पार्टी हित विपरीत गतिविधिमा लागेको हो ? भनेर सोधिएको छ,’ सांसद खातुनले भनिन् । सांसदबाट कारबाही किन नगर्ने भन्ने पनि सोधिएको उनले जानकारी दिइन् ।

यी तीन जनालाई यसअघि स्पष्टीकरण सोधिएको थिएन । नेपाल समूहको गतिविधिमा सक्रिय अन्य केही सांसदलाई पनि स्पष्टीकरण सोधिएको छैन ।

तर, २७ वैशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाएका छन् । उक्त दिनको निर्णय हेरेर निर्णय लिने तयारी प्रधानमन्त्री ओलीले गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  २ : ४३ बजे

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका