काठमाडौँका ठूला अस्पताललाई कोभिड अस्पताल बनाइने प्रधानमन्त्रीको घोषणा « Khabarhub

काठमाडौँका ठूला अस्पताललाई कोभिड अस्पताल बनाइने प्रधानमन्त्रीको घोषणा


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा रहेका ठूला अस्पताललाई कोभिड अस्पताल बनाउने घोषणा गरेका छन् ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञालाई कडा बनाउन लागिएको भन्दै काठमाडौंमा रहेका ठूला अस्पताललाई कोभिड अस्पताल बनाउने घोषणा गरेका हुन् ।

‘वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल लगायत काठमाडौँ उपत्यकाका धेरै शैय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा नीजि अस्पतालहरु कोभिड अस्पतालका रुपमा सञ्चालन गरिनेछ,’ प्रधानमन्त्रीले भने ।

उनले भने,‘प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड अस्पतालका रुपमा र साना अस्पताललाई नन कोभिड अस्पतालका रुपमा सञ्चालन गरिनेछ ।’

प्रधानमन्त्री ओलीले स्वास्थ्यका क्षेत्रमा सरकारले पछिल्लो एक वर्षमा उल्लेखनीय सुधारका काम गरेको दाबी समेत गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : ११ बजे

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका