काठमाडौँका ठूला अस्पताललाई कोभिड अस्पताल बनाइने प्रधानमन्त्रीको घोषणा « Khabarhub

काठमाडौँका ठूला अस्पताललाई कोभिड अस्पताल बनाइने प्रधानमन्त्रीको घोषणा


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा रहेका ठूला अस्पताललाई कोभिड अस्पताल बनाउने घोषणा गरेका छन् ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञालाई कडा बनाउन लागिएको भन्दै काठमाडौंमा रहेका ठूला अस्पताललाई कोभिड अस्पताल बनाउने घोषणा गरेका हुन् ।

‘वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल लगायत काठमाडौँ उपत्यकाका धेरै शैय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा नीजि अस्पतालहरु कोभिड अस्पतालका रुपमा सञ्चालन गरिनेछ,’ प्रधानमन्त्रीले भने ।

उनले भने,‘प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड अस्पतालका रुपमा र साना अस्पताललाई नन कोभिड अस्पतालका रुपमा सञ्चालन गरिनेछ ।’

प्रधानमन्त्री ओलीले स्वास्थ्यका क्षेत्रमा सरकारले पछिल्लो एक वर्षमा उल्लेखनीय सुधारका काम गरेको दाबी समेत गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : ११ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु