कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न निषेधाज्ञामा थप कडाइ : प्रधानमन्त्री « Khabarhub

कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न निषेधाज्ञामा थप कडाइ : प्रधानमन्त्री


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञामा थप कडाइ गरिने भएको छ ।

आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जारी निषेधाज्ञा थप कडाइ गर्ने जानकारी दिएका हुन् ।

सम्बन्धनकै क्रममा प्रधानमन्त्री ओलीले सरकारले सबै प्रकारका सामुदायिक स्थलसहित होटललाई समेत क्वोन्टिनका रुपमा प्रयोग गर्ने समेत जानकारी दिए ।

उनले सार्वजनिक स्थललाई उचित प्रबन्ध गरेर क्वारेन्टिन बनाउने घोषणा गरेका हुन् ।

ओलीले भने,‘सबै प्रकारका सामुदायिक स्थल, रंगशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघर लगाएका संरचनाहरु प्रयोग गरेर सुविधायुक्त क्वारेन्टिन आइशोलेसन केन्द्र बनाइनेछ ।’

उनले अस्पतालबाहेक अन्यत्र अक्सिजनको आपुर्ति बन्द गर्ने र निर्यात गर्नेलाई कानूनी कारबाही गर्ने घोषणा समेत गरे ।

प्रधानमन्त्री ओलीले ठूला अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गरिने बताए। उनले बिरामीको उपचारबाहेक अन्य क्षेत्रमा अक्सिजनको आपूर्ति बन्द गरिने जानकारी दिए।

ओलीले सबै अस्पतालमा अक्सिजनको स्टक राखिने बताउँदै यसमा कालोबजारी गर्ने वा लुकाउनेलाई कडा कारबाही हुने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि जारी निषेधाज्ञामा थप कडाइ गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : २७ बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती