पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न भएपछि ३६० जनाभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् ।
याङवरक पोखरीमा मुहान रहेको योजनाबाट जोरधारा, थर्पू बजारलगायत क्षेत्रका ८० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । योजना सम्पन्न भएसँगै ३६५ जना लाभान्वित भएको याङवरक गाउँपालिकाले जनाएको छ ।
सो योजना सङ्घीय सरकारको ७६ लाख ७५ हजार विशेष अनुदानमा सम्पन्न भएको हो । गत असारमा सम्पन्न भएको योजनाको मङ्गलबार गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)ले उद्घाटन गरे ।
याङवरक गाउँपालिकाको केन्द्र रहेको क्षेत्रमा खानेपानीको सहज व्यवस्था मिलाई स्थानीयवासीलाई आयआर्जनका क्षेत्रमा लाग्न, होटल व्यवसाय सञ्चालनका लागि प्रयास गरिएको अध्यक्ष योङ्याले बताए ।
याङवरक–४ जोरधाराका सहरनन्द योङहाङले व्यवस्थित खानेपानी योजना सञ्चालनमा आएपछि होटल व्यवसायको विस्तार हुने अपेक्षा गरिएको बताए ।
याङवरक गाउँपालिकाको केन्द्र रहेको यसै स्थानमा ऐतिहासिक याङवरक पोखरी, थर्पुनागी प्रहरी चौकीलगायत मानिसको बाक्लो उपस्थिति हुने स्थान तथा निकाय रहेका छन् ।














प्रतिक्रिया