काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३६ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २९ सय २२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ जनामा गरी कुल ३ हजार ६६६ जना थपिएको जानकारी दिएका हुन् ।
यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३५ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया