कोरोना संकटमा शिक्षा क्षेत्रलाई सरकारले हेला गरेको आरोप « Khabarhub

कोरोना संकटमा शिक्षा क्षेत्रलाई सरकारले हेला गरेको आरोप


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोल श्रेष्ठलाई ३४ बुँदे विरोधपत्र बुझाएको छ ।

महासंघले विगतका दिनमा शिक्षा मन्त्रालय र आफूहरुबीच भएका ३० बुँदे सम्झौता कार्यान्वयनको अभावमा अलपत्र परेको समेत ध्यानाकर्षण गराएको छ ।

सधैँ ठूलो संख्यामा बस्नुपर्ने शिक्षक, कर्मचारी र विद्यार्थीका लागि कोभिड विरुद्धको खोपका विषयलाई प्राथमिकतामा नराखेको पनि महासंघले गुनासो गरेको छ ।

ठूलो संख्यामा शिक्षक, कर्मचारी र विद्यार्थी संक्रमित हुँदासमेत सरकारले प्राथमिकतामा नराखेको, ज्यान गुमाएका शिक्षकका लागि सहयोग र क्षतिपूर्तिको कुनै व्यवस्था नभएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लामो समयदेखि न्यून तलबमा काम गरिरहेका विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको तलब अझै वृद्दि नभएको जनाउँदै महासंघले पूर्वाग्रही र अव्यवाहारिक दरबन्दी मिलानले देशभरका शिक्षकहरू पिडित भएको महासंघले दाबी गरेको छ ।

संवैधानिक राष्ट्रिय शिक्षा आयोगका व्यवस्था, संवैधानिक शिक्षा सेवा आयोगको स्थापना, विद्यालय तहको शिक्षालाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारलगायत विभिन्न माग राख्दै महासंघले ३४ बुँदे विरोध पत्र बुझाएको हो ।

यस्तो छ सरकारलाई महासंघले बुझाएको पत्र

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : ४५ बजे

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका