प्रतिनिधिसभा सदस्यलाई अधिवेशनमा उपस्थितिका लागि अनुरोध « Khabarhub

प्रतिनिधिसभा सदस्यलाई अधिवेशनमा उपस्थितिका लागि अनुरोध


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सङ्घीय संसद् सचिवालयले २७ वैशाख, सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुरोध गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानअनुरुप आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको जनाउँदै सोही प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा, १०० को उपधारा, ९१० बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकाले अधिवेशन आह्वान गरिएको हो । प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नसक्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वान भएकाले उक्त मिति, समय र स्थानमा प्रतिनिधिसभा सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ९ : ०१ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन