गेटा कलेजलाई आइसोलेशन बनाउन उद्योगमन्त्रीको निर्देशन « Khabarhub

गेटा कलेजलाई आइसोलेशन बनाउन उद्योगमन्त्रीको निर्देशन


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेशन बनाउनका लागि आवश्यक तयारी अघि बढाउन निर्देशन दिएका छन् ।

आफूलगायतको टोलीले आइसोलेशन निर्माणका लागि आज स्थलगत अनुगमन गर्दै उनले आइसोलेशन व्यवस्थापनका लागि गेटा मेडिकल कलेजका भवनमा तत्काल विद्युत्, खानेपानी, स्वास्थ्य सामग्री तथा अन्य आवश्यक उपकरण जडान गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) अध्यक्ष तथा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले गेटामा २ हजार क्षमताको होल्डिङ सेन्टरसहितको आइसोलेशन बनाउने कार्य तत्काल शुरु गरिने जानकारी दिए ।

प्रजिअ रिजालका अनुसार एक हप्ताभित्रै कोरोना संक्रमितलाई राखेर उपचार गर्ने व्यवस्था मिलाइनेछ ।

डिसिसिएमसी कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा सो कार्य अघि बढाइने जनाइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १० : १५ बजे

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि