जसपाले आफ्ना सांसदलाई काठमाडौँ बोलायो « Khabarhub

जसपाले आफ्ना सांसदलाई काठमाडौँ बोलायो


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)ले काठमाडौँ बाहिर रहेका आफ्ना सांसदलाई काठमाडौँ आउन निर्देशन दिएको छ ।

२७ वैशाखका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदको विशेष अधिवशेन आह्वान गरेको अवस्थामा आफ्ना सांसदहरूलाई काठमाडौंमै बस्न निर्देशन दिएको हो ।

दिनदिनै कोरोना संक्रमण बढ्दै गएको अवस्थामा २७ गते सदनमा उपस्थित हुन समस्या हुने भएकाले बाहिर जिल्लामा रहेकालाई पनि काठमाडौं आएर सुरक्षित बस्न भनिएको जसपाले जनाएको छ ।

त्यस्तै काठमाडौँमा रहेकाहरूलाई पनि बाहिर नजान भनिएको अध्यक्ष महन्थ ठाकुरको सचिवालयले जनाएको छ । जसपामा सरकारलाई समथर्न गर्ने कि नगर्ने भन्ने विषयमा दुई धार देखिएको छ ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै जसपा अध्यक्ष ठाकुरको निर्देशनमा कार्यालयबाट सांसदहरुलाई फोन गरी बोलाइएको हो ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ६ : १५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु