२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ३८८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१६ हजार ५५८ जनाको पीसीआर र ५१८ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ ।

यसैगरी आज थपिएका संक्रमित सहित नेपालमा सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ । योसहित ज्यान गुमाउनेको संख्या ३३ सय ६२ पुगेको छ ।

कहाँ कति थपिए ?

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा १२, ओखलढुंगामा २, खोटाङमा ६, झापामा ४८, ताप्लेजुङमा ४, तेह्रथुममा ५, धनकुटामा १०, पाँचथरमा ३, भोजपुरमा ४, मोरङमा ३६२, संखुवासभामा १३, सुनसरीमा ११२ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा ९७, पर्सा ९७, बारामा १८, महोत्तरीमा ३०, रौतहटमा १७, सप्तरीमा २१, सर्लाहीमा २० र सिरहामा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी बागमती प्रदेशको काठमाडौंमा मात्र २९ सय २२ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ११९, चितवनमा १७५ दोलखामा २, धादिङमा २५, नुवाकोटमा ३९, भक्तपुरमा २२२, मकवानपुरमा ४४, रसुवामा ४, रामेछापमा १०, ललितपुरमा ५२२, सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा १६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३५५, गोरखामा ३१, तनहुँमा १८, नवलपरासी पूर्वमा २४, पर्वतमा १४, मुस्ताङमा २, म्याग्दीमा २४, लमजुङमा २०, बागलुङमा ९ र स्याङजामा ३१ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २४, कपिलवस्तुमा ११५, गुल्मीमा १९, दाङमा १०२, नवलपरासीमा ४२, पाल्पामा ९३, प्युठानमा ८, बर्दियामा ४४, बाँकेमा ४४०, रुकुम पूर्वमा २, रुपन्देहीमा ६१९ र रोल्पामा १० जनामा कोरोना पाइएको छ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशको कालिकोटमा २, जुम्लामा १५, दैलेखमा ५, मुगुमा २, रुकुम पश्चिममा १, सल्यानमा १२, सुर्खेतमा ३ र हुम्लामा २ जनामा कोरोना भेटिएको छ।

यसैगरी सुदूरपश्चिम प्रदेशको अछाममा ६, कञ्चनपुरमा ६०, कैलालीमा १२७, डडेल्धुरामा २६, डोटीमा २, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा २८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ६ : २९ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित