एम्बुलेन्स नपाएपछि ट्याक्टरमा अस्पताल लैजाँदै गर्दा कोरोना संक्रमितको मृत्यु « Khabarhub

एम्बुलेन्स नपाएपछि ट्याक्टरमा अस्पताल लैजाँदै गर्दा कोरोना संक्रमितको मृत्यु


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासीपूर्व देवचुलीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना पोजेटिभ देखिएर घरमै रहेका देवचुली नगरपालिका १३ का ६८ वर्षका ती पुरुषलाई आज एक्कासी स्वास्थ्यमा समस्या भएपछि अस्पताल लैजान खोज्दा एम्बुलेन्स नपाएपछि ट्याक्टरमा राखेर अस्पताल लगिएको थियो ।

उनलाई चार दिनअघि चितवनको चितवन मेडिकल कलेज (सीएमसी) मा स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

आज दिउँसो अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई ट्याक्टरमा राखेर देवचुलीकै दुम्कौलीस्थित नगर अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

आफ्नै धार्मिक सांस्कृतिक मान्यता अनुसार उनको नारायाणी नदी किनारमा दाह संस्कार गर्ने पारिवारले जनाएको छ ।

देवचुली वडा नं. १३ का वडाध्यक्ष एवं नगर प्रवक्ता डिलबहादुर खत्री र स्वास्थ्य शाखा देवचुलीका प्रमुख रामकुमार श्रेष्ठले एम्बुलेन्सको पहल गरे पनि एम्बुलेन्स नपाएको बताए ।

दुम्कौलीमा रहेको सरकारी एम्बुलेन्स औषधि सामाग्री लिन पोखरा गएकाले आफ्नै एम्बुलेन्स पठाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए ।

देवचुली नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार नगरभित्र मात्रै १० वटा एम्बुलेन्स रहेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ७ : ३७ बजे

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक