मृतकको संख्या बढेसँगै पशुपति आर्यघाटमा दाहसंस्कारमा समस्या  « Khabarhub

मृतकको संख्या बढेसँगै पशुपति आर्यघाटमा दाहसंस्कारमा समस्या 


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि पशुपति आर्यघाटमा दाहसंस्कार गर्न कठिनाई भएको छ ।

काठमाडौँ उपत्यकामा कोरोनाबाट ज्यान गुमाएकाहरुको अन्तिम संस्कार यसअघि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा हुँदै आएको थियो ।

तर मृत्यु हुनेको संख्या बढेसँगै विद्युतीय शवदाह गृहभन्दा बाहिर पनि शव जलाउन थालिएको छ ।

सेनाले वाग्मती किनारमा नै शव व्यवस्थापन गर्न सुरु गरेको हो । शव व्यवस्थापनका लागि सेनाले वाग्मती किनारमा सम्याउने काम गरेको छ । कोरोनाबाट मृत्यु भएकाहरुको अन्त्येष्टि नेपाली सेनाको टोलीले गर्दै आएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ७ : ५२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु