वन्यजन्तुको चोरी शिकारीमा संलग्न एक पक्राउ, तीन थान बन्दुक बरामद « Khabarhub

वन्यजन्तुको चोरी शिकारीमा संलग्न एक पक्राउ, तीन थान बन्दुक बरामद


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– प्रहरीले वन्यजन्तुको चोरी शिकारीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

सोलुखुम्बु जिल्ला सोताङ गाऊँपालिका पावैस्थित सामुदायिक वनमा बन्दुक पड्केको आवाज सुन्नासाथ खटिएको प्रहरीले तीन थान भरुवा बन्दुक लगायतका सामग्रीसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोताङ गाऊँपालिका वडा नम्बर ०१ बस्ने वर्ष ३४ को दिल बहादुर भन्ने गंगा बहादुर गिरी रहेको पक्राउ गरेको जनाएको छ ।

घटनास्थलबाट भरुवा बन्दुक थान ३, उक्त भरुवा बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी ८०० ग्राम, फलामको टुक्रा १ के.जी., टर्चलाइटमा प्रयोग हुने ब्याट्री थान ७, लाइटर थान १, सलाई ७ वटा, व्लेट ५ वटा, केप थान १, मोवाईल फोन थान ४ र बिजुलीको तार १० मिटरलगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायव उपरीक्षक कवित कटवालले जानकारी दिए ।

प्रहरीलाई देख्नासाथ भाग्दै गरेका गिरीलाई पक्राउ गरिए पनि घटनामा संलग्न रही हाल फरार रहेका अन्य व्यक्तिहरुको खोजी जारी रहेको उनले जाकारी दिए ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ८ : ४९ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि