वन्यजन्तुको चोरी शिकारीमा संलग्न एक पक्राउ, तीन थान बन्दुक बरामद | Khabarhub Khabarhub

वन्यजन्तुको चोरी शिकारीमा संलग्न एक पक्राउ, तीन थान बन्दुक बरामद


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– प्रहरीले वन्यजन्तुको चोरी शिकारीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

सोलुखुम्बु जिल्ला सोताङ गाऊँपालिका पावैस्थित सामुदायिक वनमा बन्दुक पड्केको आवाज सुन्नासाथ खटिएको प्रहरीले तीन थान भरुवा बन्दुक लगायतका सामग्रीसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोताङ गाऊँपालिका वडा नम्बर ०१ बस्ने वर्ष ३४ को दिल बहादुर भन्ने गंगा बहादुर गिरी रहेको पक्राउ गरेको जनाएको छ ।

घटनास्थलबाट भरुवा बन्दुक थान ३, उक्त भरुवा बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी ८०० ग्राम, फलामको टुक्रा १ के.जी., टर्चलाइटमा प्रयोग हुने ब्याट्री थान ७, लाइटर थान १, सलाई ७ वटा, व्लेट ५ वटा, केप थान १, मोवाईल फोन थान ४ र बिजुलीको तार १० मिटरलगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायव उपरीक्षक कवित कटवालले जानकारी दिए ।

प्रहरीलाई देख्नासाथ भाग्दै गरेका गिरीलाई पक्राउ गरिए पनि घटनामा संलग्न रही हाल फरार रहेका अन्य व्यक्तिहरुको खोजी जारी रहेको उनले जाकारी दिए ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ८ : ४९ बजे

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न