प्रेमचन्दको गाई : एक प्रेरक प्रसङ्ग « Khabarhub

प्रेमचन्दको गाई : एक प्रेरक प्रसङ्ग


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रसिद्ध भारतीय उपन्यासकार मुन्सी प्रेमचन्द कुनै बेला गोरखपुरमा शिक्षक थिए । उनले गाई पालेका थिए ।

एक दिन उनको गाई चर्दाचर्दै त्यहाँका अँग्रेज जिल्लाधीशको आवासगृह अघिल्तिरको बगैँचामा पस्यो । गाई बगैँचाभित्र पसेको मात्र के थियो अँग्रेज हाताम बन्दुक लिएर बाहिर निस्कियो । रिसले चुर हुँदै उसले बन्दुकमा गोली भर्‍यो । त्यही बेला आफ्नो गाई खोज्दै प्रेमचन्द पनि त्यहीँ आइपुगे ।

अँग्रेजले भन्यो— तेरो यत्रो हिम्मत ? आफ्नो गाई मेरो बगैँचामा हुल्ने ? अब यो गाई यहाँबाट तैँले लैजान सक्दैनस् । म यसलाई तुरुन्तै गोली हानेर मारिदिन्छु अनिमात्र यहाँ हाम्रो शासन छ भन्ने तँजस्ता काला मान्छेहरुको दिमागमा घुस्छ ।

उसले तत्कालै गाईमाथि बन्दुक तेर्स्यायो ।

प्रेमचन्दले विनम्रतापूर्वक उसलाई सम्झाउने कोसिस गरे— महोदय, यस पटक गाईप्रति दया गर्नुस् । अर्को पटक यता आउने छैन । साहेब, गाई लैजान दिनुस् । गाईलाई यहाँ आउन हुन्न भन्ने थाहा भएन ।

अँग्रेज रिसले आँखा राता पार्दै कड्कियो— तिमेरु काला मान्छेहरु मूर्ख छौ  । म यो गाईलाई गोली ठोकिछाड्छु ।

उसले फेरि गाईमाथि निशाना साँध्यो ।

प्रेमचन्द गाईले गोली खाएको हेरेर बस्न किन सक्थे !

झटपट बन्दुकको अघिल्तिर गए र गाईलाई निशाना ताकिरहेको अँग्रेजका आँखामा हेर्दै रिसाएर भने— लौ हेरुँ त, हान् गोली ! तेरो कत्तिको हिम्मत रहेछ ? ल पहिला मलाई नै हान् गोली ।

अँग्रेजको निधारमा पसिना देखियो । उसले प्रेमचन्द एउटा जनावरका निम्ति गोली थाप्न तयार किन थिए भनेर बुझ्न सकेन ।

उसले बन्दुक झुकायो र गालीको फोहोरा फुटाउँदै बङ्गलाभित्र पस्यो । गोरो अँग्रेज कालो प्रेमचन्दको हुँकार सम्झेर विचलित भइरह्यो ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गपुस्तकबाट

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ५ : २२ बजे

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक

जुम्लाको सिँजामा पुग्यो नेपाल टेलिकमको फोर-जी सेवा

काठमाडौं– नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल

भृकुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउने तयारी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त