प्रेमचन्दको गाई : एक प्रेरक प्रसङ्ग « Khabarhub

प्रेमचन्दको गाई : एक प्रेरक प्रसङ्ग


२० जेष्ठ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रसिद्ध भारतीय उपन्यासकार मुन्सी प्रेमचन्द कुनै बेला गोरखपुरमा शिक्षक थिए । उनले गाई पालेका थिए ।

एक दिन उनको गाई चर्दाचर्दै त्यहाँका अँग्रेज जिल्लाधीशको आवासगृह अघिल्तिरको बगैँचामा पस्यो । गाई बगैँचाभित्र पसेको मात्र के थियो अँग्रेज हाताम बन्दुक लिएर बाहिर निस्कियो । रिसले चुर हुँदै उसले बन्दुकमा गोली भर्‍यो । त्यही बेला आफ्नो गाई खोज्दै प्रेमचन्द पनि त्यहीँ आइपुगे ।

अँग्रेजले भन्यो— तेरो यत्रो हिम्मत ? आफ्नो गाई मेरो बगैँचामा हुल्ने ? अब यो गाई यहाँबाट तैँले लैजान सक्दैनस् । म यसलाई तुरुन्तै गोली हानेर मारिदिन्छु अनिमात्र यहाँ हाम्रो शासन छ भन्ने तँजस्ता काला मान्छेहरुको दिमागमा घुस्छ ।

उसले तत्कालै गाईमाथि बन्दुक तेर्स्यायो ।

प्रेमचन्दले विनम्रतापूर्वक उसलाई सम्झाउने कोसिस गरे— महोदय, यस पटक गाईप्रति दया गर्नुस् । अर्को पटक यता आउने छैन । साहेब, गाई लैजान दिनुस् । गाईलाई यहाँ आउन हुन्न भन्ने थाहा भएन ।

अँग्रेज रिसले आँखा राता पार्दै कड्कियो— तिमेरु काला मान्छेहरु मूर्ख छौ  । म यो गाईलाई गोली ठोकिछाड्छु ।

उसले फेरि गाईमाथि निशाना साँध्यो ।

प्रेमचन्द गाईले गोली खाएको हेरेर बस्न किन सक्थे !

झटपट बन्दुकको अघिल्तिर गए र गाईलाई निशाना ताकिरहेको अँग्रेजका आँखामा हेर्दै रिसाएर भने— लौ हेरुँ त, हान् गोली ! तेरो कत्तिको हिम्मत रहेछ ? ल पहिला मलाई नै हान् गोली ।

अँग्रेजको निधारमा पसिना देखियो । उसले प्रेमचन्द एउटा जनावरका निम्ति गोली थाप्न तयार किन थिए भनेर बुझ्न सकेन ।

उसले बन्दुक झुकायो र गालीको फोहोरा फुटाउँदै बङ्गलाभित्र पस्यो । गोरो अँग्रेज कालो प्रेमचन्दको हुँकार सम्झेर विचलित भइरह्यो ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ५ : २२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का