नेटो राष्ट्रहरुले अफगानिस्तानमा सहयोग जारी राख्ने « Khabarhub

नेटो राष्ट्रहरुले अफगानिस्तानमा सहयोग जारी राख्ने


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स (सिन्ह्वा)- उत्तर एटलान्टिक सन्धी संगठन, नेटोमा आवद्ध रहेका देशहरुले अफगानिस्तानलाई सहयोग निरन्तर राख्ने जनाएका छन् ।

अफगानिस्तानको शान्ति स्थापनाको काममा नेटोआबद्ध देशहरुले सहगोग गर्दै आएका थिए । तर ती देशले काबुलबाट आफ्ना देशका सेना फिर्ता लैजाने निर्णय गरिसकेका छन् ।

सेना फिर्ता लगे पनि अफगानिस्तानमा शान्तिका लागि गर्दै आएको सहयोगका कामलाई नेटोले निरन्तरता दिने जनाएको बताइएको छ । नेटो संगठनका महासचिव जेन्स स्टोल्टेनबर्गले सो जानकारी दिएका हुन् ।

नेटोका रक्षा मन्त्रीहरुको भर्चुअल बैठक सकिएलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा महासचिव जेन्स स्टोल्टेनबर्गले सो जानकारी दिएका हुन् । सो पत्रकार सम्मेलनमा उनले नेटो देशहरुले अफगानिस्तानको सुरक्षाका लागि लामो समयदेखि नेटो राष्ट्रहरुले गरिआएको सहयोगको स्मरण गरेका थिए ।

अफगानिस्तानमा शान्ति स्थापनाको कार्यमा नेटोले पनि आवश्यक सहयोग गर्ने जानकारी उनले दिए ।

अफगानिस्तानको काबुलमा रहेका नेटो देशका सेनाहरु अब फिर्ता गर्ने प्रक्रिया शुरु भइसकेको छ । त्यसबमोजिम अब नेटोका देशहरुले त्यहाँबाट सेना फिर्ता गर्ने प्रक्रियाको थालनी गरिसकेका अमेरिका र नेटोआबद्ध देशहरुले जनाएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ६ : ४० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना