विश्वभर ३७ लाख संक्रमितको मृत्यु, १५ करोड ५२ लाख निको « Khabarhub

विश्वभर ३७ लाख संक्रमितको मृत्यु, १५ करोड ५२ लाख निको


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–   विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३७ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ९२५ जनाको मृत्यु भएकोसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३७ लाख नाघेको हो । पछिल्लो वृद्धिसँगै मृतक संख्या ३७ लाख ५ हजार ९४२ पुगेको छ  ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख १० हजार ९९३ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ४ लाख ६७ हजार ७०६ जनाको मृत्यु भएको छ ।

मृतकका आधारमा भारत तेस्रो स्थानमा रहे पनि दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको छ । भारतमा पछिल्लो २४ घण्टामा २८ सय जनाको मृत्यु भएको छ । त्यहाँ मृतक संख्या ३ लाख ३८ हजार १३ पुगेको छ ।

दैनिक संक्रमण वृद्धिका आधारमा भारत अहिले विश्वकै अतिप्रभावित मुलुकमा छ ।

भारतमा पहिलो पटक शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या १ लाख ३४ हजार १०५ मा झरेको छ ।

विश्वभर निको हुनेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर संक्रमितभन्दा निको हुने धेरै छन् । २४ घण्टामा ४ लाख ८७ हजार ५९३ जनामा संक्रमण देखिँदा ६ लाख ४१ हजार १२३ जना निको भएका छन् ।

पछिल्लो विवरण अनुसार विश्वभर निको हुनेको संख्या १५ करोड ५२ लाख ४६ हजार ७८२ पुगेको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ७ : २५ बजे

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।

गगनको राजनीतिक प्रतिवेदन : दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन