विश्वभर ३७ लाख संक्रमितको मृत्यु, १५ करोड ५२ लाख निको « Khabarhub

विश्वभर ३७ लाख संक्रमितको मृत्यु, १५ करोड ५२ लाख निको


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–   विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३७ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ९२५ जनाको मृत्यु भएकोसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३७ लाख नाघेको हो । पछिल्लो वृद्धिसँगै मृतक संख्या ३७ लाख ५ हजार ९४२ पुगेको छ  ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख १० हजार ९९३ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ४ लाख ६७ हजार ७०६ जनाको मृत्यु भएको छ ।

मृतकका आधारमा भारत तेस्रो स्थानमा रहे पनि दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको छ । भारतमा पछिल्लो २४ घण्टामा २८ सय जनाको मृत्यु भएको छ । त्यहाँ मृतक संख्या ३ लाख ३८ हजार १३ पुगेको छ ।

दैनिक संक्रमण वृद्धिका आधारमा भारत अहिले विश्वकै अतिप्रभावित मुलुकमा छ ।

भारतमा पहिलो पटक शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या १ लाख ३४ हजार १०५ मा झरेको छ ।

विश्वभर निको हुनेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर संक्रमितभन्दा निको हुने धेरै छन् । २४ घण्टामा ४ लाख ८७ हजार ५९३ जनामा संक्रमण देखिँदा ६ लाख ४१ हजार १२३ जना निको भएका छन् ।

पछिल्लो विवरण अनुसार विश्वभर निको हुनेको संख्या १५ करोड ५२ लाख ४६ हजार ७८२ पुगेको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ७ : २५ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।