नासाले शुक्रग्रहमा दुई अन्तरिक्ष मिसन पठाउने « Khabarhub

नासाले शुक्रग्रहमा दुई अन्तरिक्ष मिसन पठाउने


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी अन्तरिक्ष निकाय सौर्य मण्डकै सबैभन्दा तातो मानिएको शुक्र ग्रहमा पनि दुई अन्तरिक्ष मिसन पठाउने भएको छ ।

शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाका प्रशासक बिल नेल्सनले जनाएका छन् । यसअघि नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० मा पठाएको थियो ।

‘डाभिन्ची प्लस’ नामक पहिलो मिसनले सो ग्रह कसरी बनेको र विकसित भएको भनेर पत्ता लगाउनेछ । शुक्रग्रहमा कुनै समय महासागर थियो भन्ने बताइरहँदा त्यसबारेको यथार्थ पनि यसले पत्ता लगाउने नासाको दाबी छ ।

दोस्रो मिसन ‘भेरिटास’ले शुक्रग्रहको सतहको नक्साङ्कन गरेर त्यसको भौगोलिक इतिहासबारे जानकारी दिने जनाइएको छ । रेडारको प्रयोग गरेर त्यहाँ ज्वालामुखी विस्फोट तथा भूकम्प भइरहन्छन् कि भनेर पनि हेरिने बीबीसीले जनाएको छ

पृथ्वी जीवन्त भए पनि सबैभन्दा नजिकको ग्रह शुक्र किन आगोको गोला बन्यो भन्ने जिज्ञासा अहिलेसम्म वैज्ञानिक तहमा पनि शान्त भएको छैन । यसबारेको तथ्य पनि बाहिर ल्याउने नाशाको लक्ष्य छ ।

तर सतहको तापक्रम नै ५०० डिग्री सेल्सियस रहेको शुक्र ग्रहबारेको अध्ययन चुनौतीपूर्ण ठानिएको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ८ : १० बजे

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा