काठमाडौँ– संसारमा अहिले वयस्कहरूका लागि कोरोना भ्याक्सिन उपलव्ध छ । केही गरिब देशका लागि वयस्ककै भ्याक्सिन उपलब्ध गराउन समस्या भएको समयमा विकसित देशहरू यो महामारीबाट संसारलाई पूर्णरूपमा मुक्त गराउन कुन उमेर समूहसम्म भ्याक्सिन लगाउने भन्ने अध्ययनमा छन् । यसमा अमेरिका सबैभन्दा अगाडि छ ।
अमेरिकामा भर्खरै नियामक संस्था खाद्य तथा औषधि प्रशासन (एफडीए) ले १२ वर्षदेखि १५ वर्ष उमेर समूहका लागि भ्याक्सिन प्रयोग गर्न अनुमति दिएको छ ।
अमेरिकाले वयस्कमध्ये आधाभन्दा धेरैलाई भ्याक्सिन दिइसकेको छ । जुलाई अन्त्यसम्म त सबै वयस्कलाई भ्याक्सिन दिने उसको लक्ष्य छ । चाँडो जोखिममुक्त गराउने नीतिअनुसार भ्याक्सिनेसनलाई निरन्तरता दिने महाशक्ति पनि अमेरिका नै हो ।
अमेरिकाले गत १० मेमा फाइजरको भ्याक्सिन १२ वर्ष उमेरभन्दा माथिकालाई दिन अनुमति दिएको छ । यसअनुसार १२ देखि १७ वर्षकाले भ्याक्सिन पाउनेछन् । युनिभर्सिटी अफ मेक्सिकोका प्राध्यापक बालरोग विशेषज्ञ वाल्टर डेहोर्टी बिस्तारै विद्यालय खोल्ने वातावरण बनाउनुपर्नेमा जोड दिन्छन् ।
पुरानै अवस्थामा विद्यालय खोल्न बालबालिकाहरू इम्युन हुन जरुरी भएकाले यो अभियान चाँडो सञ्चालन हुनुपर्ने उनको धारणा छ । बाह्र वर्षभन्दा कमका लागि भने अझ लामो समय कुर्नुपर्ने हुन सक्छ ।
अहिले जुन महामारी छ, यो विकराल छ । यति धेरै कारुणिक कथाहरू छन् आशा गरौँ एक दिन यो महामारीबाट बाहिर आउने छौँ। यसका लागि बच्चाहरूको भ्याक्सिन विकास एउटा महत्त्वपूर्ण चरण बन्नेछ ।
मोडेर्नाको भ्याक्सिनले यसअघि नै १८ वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि अनुमति पाइसकेको छ । उत्पादक कम्पनीले १२ देखि १७ वर्षको उमेर समूहमा दुई चरणको परीक्षणपछि डाटा अगाडि ल्याएको छ । मोडेर्नाको भ्याक्सिन पनि लक्षणसहितको संक्रमण रोक्न ९६ प्रतिशत प्रभावकारी साबित भयो । अनुमतिका लागि प्रस्ताव गर्नेबारे सो कम्पनीले केही जानकारी नगराए पनि चाँडै मान्यता पाउने अनुमान गरिएको छ ।
जोन्सन एन्ड जोन्सनको जान्सेन भ्याक्सिनको पनि अप्रिलमै १२ वर्षदेखि १७ वर्ष उमेर समूहमा परीक्षण शुरू भएको छ । बालरोग विशेषज्ञ डोहार्टिन १२ वर्षभन्दा माथि र यस भन्दा कम उमेर समूहको परीक्षण उस्तै हुने केही कुरामा मात्र ध्यान दिने पर्ने बताउँछन् । उनले बालकमा डोजको मात्रा कति उपयुक्त हुने भन्ने तय गर्न अर्को अध्ययन आवश्यक हुने बताएका छन् ।
फाइजरले अहिले ६ महिनादेखि ११ वर्ष उमेर समूहको बीचमा अध्ययन गरिरहेको छ । दुई वर्षदेखि ११ वर्ष उमेर समूहका लागि फाइजरले आउँदो सेप्टेम्बरमा अनुमतिका लागि निवेदन दिने अनुमान गरिएको छ ।
यसै उमेर समूहमा अध्ययन गरिरहेको मोडेर्नाले पनि फाइजरकै समयको हाराहारीमा निवेदन दिने अनुमान गरिएको छ । फाइजरले ६ महिना उमेरदेखि २ वर्ष बीचको रिपोर्ट भने वर्षको अन्त्यमा बुझाउने र अनुमतिका लागि प्रयास गर्ने जनाइएको छ ।
अमेरिकापछि सिङ्गापुर र क्यानडामा १२ वर्षभन्दा माथिको उमेर समूहमा यो भ्याक्सिन उपयुक्त ठहर भएपछि उत्पादनको मात्रा बढाउने जिम्मेवारी पनि फाइजरमा थपिएको छ । यी दुई देश पनि वयस्कहरूमा भ्याक्सिन लगाउने क्रममा अगाडि देखिएका छन् ।
संसारमा यो महामारी देखिँदा ६० देखि ६५ प्रतिशत इम्युन हुँदा हर्ड इम्युनिटी विकास हुने अनुमान थियो । अब धेरैलाई यो अपर्याप्त लाग्न थालेको छ ।
अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिनको हकमा बच्चाको परीक्षण केही अप्ठेरो पनि नदेखिएको होइन । जुन समय उत्पादक संस्थाले बच्चाहरूको परीक्षण गर्ने योजना बनाएको थियो, युरोपमा यो भ्याक्सिन लगाउने युवामा रगतको समस्या देखिएको थियो । यसका बाबजुद ६ वर्षदेखि १७ वर्षको समूहमा परीक्षण यथावत राखिएको छ ।
बाह्र वर्षदेखि १७ वर्ष उमेरसमूहमा परीक्षणको तयारीकै समयमा युरोपका धेरै देशले अक्सफोर्डको भ्याक्सिनमा रगत जम्ने समस्या भएको पनि जनाएका थिए ।
संसारमा यो महामारी देखिँदा ६० देखि ६५ प्रतिशत इम्युन हुँदा हर्ड इम्युनिटी विकास हुने अनुमान थियो । अब धेरैलाई यो अपर्याप्त लाग्न थालेको छ । अमेरिकाका सरुवा रोग विशेषज्ञ एन्टोनी फाउचीले ७५ देखि ९५ प्रतिशतसम्म इम्युन हुन आवश्यक रहेको बताएका छन् ।
धेरै सरुवा रोग विशेषज्ञको ठहर के पनि रहेको छ भने कुनै समय कुनै स्थानमा संक्रमण घटे पनि जबसम्म लगभग सबैले भ्याक्सिन लगाउँदैनन्, तबसम्म बारम्बार नयाँ लहरले सताउने समस्या रहने छ । यसकारण पनि आगामी सेप्टेम्बरमा नयाँ लहर आउने र यसले बालबालिकामा असर गर्न सक्ने सम्भावना व्यक्त गरिएका छन् ।
यो महामारीको पहिलो लहरसम्म सामान्य ठान्ने भारतलाई दोस्रो लहरले यसरी झस्काइदिएको छ । शुरूवातमा भ्याक्सिन कूटनीतिका लागि संसारका अन्य देशलाई भ्याक्सिन बाँड्दै हिँडे पनि अहिले भारतले सन् २०२१ को समाप्तिसम्ममा अन्य कुनै पनि देशलाई भ्याक्सिन नदिने नीति लिएको छ ।
यसै भारतले अहिले जोडतोडले बच्चाका लागि पनि भ्याक्सिन परीक्षण गरिरहेको छ । भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनका लागि १२ मेमा २ वर्षदेखि १८ वर्ष समूहमा परीक्षण गर्न अनुमति दिइएको छ । यो परीक्षणमा ५२८ जना समावेश गरिने छन् ।
अहिलेसम्म वयस्ककै लागि अनुमति नपाइसकेको भारतकै जाइडस क्याडिलाले विकास गरेको कोरोना भ्याक्सिन अहिले बच्चाहरूमा पनि परीक्षण भइरहेको छ । कम्पनीका निर्देशक सार्भिल पटेलले सबैको डाटा एकै पटक आउने र चाँडै यो भ्याक्सिनले वयस्क र बच्चाका लागि समेत अनुमति पाउने विश्वास व्यक्त गरेका छन् ।
अहमदाबादमा रहेको यो कम्पनीले परीक्षणमा एक हजार जना बच्चा पनि समावेश गरेको छ । जाइडसले वयस्कका अर्को साता अनुमतिको आवेदन दिने भएको छ । जुनको अन्त्यमा यो भ्याक्सिन बजारमा आइसक्ने जनाइएको छ । भारतमा महामारी बढ्दै गरेका कारण यो भ्याक्सिन पनि भारतबाहिर चाँडै उपलब्ध हुने छैन ।
अक्सफोर्डको भ्याक्सिन भारतमा बनाइरहेको सेरम इन्स्टिच्युटले बच्चाहरूमा नोभाभ्याक्स परीक्षण गर्ने भएको छ । संसारका धेरै देशमा परीक्षण भए पनि अनुमति पर्खिरहेको छ ।
१२ वर्षदेखि १८ वर्ष उमेर समूहको परीक्षण डाटा भने केही केही दिनपछि छुट्टै पेस गर्ने र अनुमतिसहित बजारमा आउने योजनामा भ्याक्सिन उत्पादक कम्पनी रहेको छ । वयस्कको डाटा पेस गर्नुअघि नै भारतमा दोस्रो लहर शुरू भएको थियो । तेस्रो लहरको चेतावनी पनि विज्ञहरूले दिएका छन् । यस कारण जाइडसले तत्काल बच्चाहरूको परीक्षण शुरू गरेको हो ।
अक्सफोर्डको भ्याक्सिन भारतमा बनाइरहेको सेरम इन्स्टिच्युटले बच्चाहरूमा नोभाभ्याक्स परीक्षण गर्ने भएको छ । संसारका धेरै देशमा परीक्षण भए पनि अनुमति पर्खिरहेको छ । सेरमले भारतमा कोभोभ्याक्स नामले यो भ्याक्सिन बन्दै छ ।
यसरी थुप्रै देशमा बच्चाहरूका लागि भ्याक्सिनको सुरक्षा पहिचान गर्न परीक्षण चलिरहेकै समयमा चीनको सिनोफार्म कम्पनीले तीन वर्ष या सोभन्दा माथिका लागि सुरक्षित हुने गरी नयाँ भ्याक्सिन तयार भएको छ ।
चीनको राष्ट्रिय बायोटेक समूहले उत्पादन गरेको भ्याक्सिन तीन वर्ष उमेरभन्दा माथिका लागि सुरक्षित त हुन्छ परन्तु तीन वर्षदेखि पाँच वर्षसम्मका बालकको इम्युन विकास भइरहेको समय भएकाले चिकित्सकले निगरानी गर्नुपर्ने जनाइएको छ । यसको दोस्रो चरणको परीक्षण सकिएको छ, तेस्रो चरणको परीक्षण जारी छ ।
‘स्पुतनिक भी’ निर्माता कम्पनी रुसको गमलिया इन्स्टिच्युटले स्पुतनिककै हाल भइरहेकै कम्पोजिसन बच्चाहरूका लागि पनि उपयुक्त भएको ठहर गरेको छ ।
सो संस्थाले यसको मात्राको बारेमा भने थप अध्ययन जरुरी भएको जनाएको छ । डोज तय गर्न ‘स्पुतनिक भी’ ले नौ वर्षभन्दा कम उमेर समूह, नौदेखि १४ वर्ष उमेर समूह र १४ देखि १७ वर्ष उमेर समूहको भिन्नाभिन्नै अध्ययन गरेको छ ।
सोही इन्स्टिच्युटका निर्देशक अलेक्जेन्डर टिट्सबर्गले यो अध्ययनसँगै नेजल स्प्रेको रूपमा पनि भ्याक्सिन विकास गर्ने जनाएका छन् । यो भ्याक्सिन पनि शुरूवातमा बच्चाहरूमा प्रयोग गर्ने भनिएको छ ।
चीनकै सिनोभ्याक कम्पनीले मार्चमै आफ्नो उत्पादन तीन वर्षभन्दा बढी उमेर समूहमा प्रभावकारी रहेको जनाएको थियो । मार्चमै सिनोभ्याकले आफ्नो डाटा त्यहाँका नियामक संस्थासामु प्रस्तुत गरेको थियो तथापि तुरुन्त अनुमति दिइएको छैन ।
चीनमा महामारी नियन्त्रण भएको तथा वयस्कहरूमा भ्याक्सिन दिने काम भइरहेकाले पनि अनुमति दिन हतार नगरिएको हो । कुल ५५० जनामा परीक्षण गरिएकोमा दुई जनालाई उच्च ज्वरो आएको थियो । अन्यलाई सामान्य साइड इफेक्टभन्दा बढी असर परेन ।
सिनोभ्याकको यो डाटा पूर्ण नभएको पनि केहीले बताएका छन् । कोरोनाको अर्को भाइरस बनइरहेको सिङ्गापुरको ड्युक नुस मेडिकल स्कुलका प्राध्यापक एङ एङ ओइले यो डाटा धेरै अपुग रहेको बताएका छन् ।
अहिले जुन महामारी छ, यो विकराल छ । यति धेरै कारुणिक कथाहरू छन् प्रकृतिमा कुनै पनि कुरा स्थायी हुँदैन । आशा गरौँ एक दिन यो महामारीबाट हामी बाहिर आउने छौँ । यसका लागि बच्चाहरूको भ्याक्सिन विकास एउटा महत्त्वपूर्ण चरण बन्नेछ ।
–एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया