आफैँभित्र खोज्नुहोस् खुसी « Khabarhub

आफैँभित्र खोज्नुहोस् खुसी



तपाई आज दुखी हुनुहुन्छ कि खुसी ? अनि हिजो के हुनुहुन्थ्यो ? सम्झना छ । यसरी सम्झदै जादाँ मानिस आफुलाई तुलनात्मक रुपमा धेरै समय दुखी भएको पाउँछौ । तर किन मानिस सधैँ खुसी हुन सक्दैन ? अर्थात हरेक कुरामा किन सुख भेट्न सक्दैन ।

मानिसलाई कुन अवस्थामा सुख वा दुःख महसुस गर्ने भन्ने कुरा त्यस समयको मानसिक र शारीरिक स्वास्थ्य, परिस्थिती र वातावरणले निर्धारण गर्दछ । यस्तोमा कोही मानिस पनि कहिल्यै दुखी हुन चाहदैँन । उ सधै सुखी हुन खोज्दछ । तर सधै त्यसो हुन सक्दैन ।

खुसी वा सुखी हुनुको अर्थ आरामदायी जीवन, मीठो खाना, प्रशस्त पैसा वा राम्रा लुगा मात्र होइन । अरुलाई अप्ठेरोमा साथ दिनु, सहयोग गर्नु, यात्रा गर्नु र मनमा शान्ति हुनु वास्तविक मानिसका खुसीहरु हुन् । यिनले मनमा जति आनन्द दिन्छ । त्यति कुनै पनि भौतिक वस्तुको प्राप्ति वा स्वामित्वले दिन सक्दैन ।

त्यसो भए हामी खुसी हुन के गर्ने त ?
अधिकाशं मानिस खुसी हुन एउटा मेहनत पश्चातको प्राप्त हुने सफलता वा सोचेको पुरा हुनुलाई मान्दछन् । तर खुसी हुन त्यति मात्र पर्याप्त हुदैँन । त्यसैले यसकालागि केही कुरा त्याग्न र केही अवलम्बन गर्न आवश्यक हुन्छ । जो यस प्रकार छन् :

१. खुसी कसरी हुने भनेर खोज्नु अघि सबैभन्दा पहिला यो भावना हामी भित्रैको अनुभूती हो भनेर बुझ्न आवश्यक छ ।

२. कोही सधै खुसी रहिरहन चाहान्छ भने भने सर्व प्रथमले उसले मनको बिकार हटाउँनु पर्दछ । मनमा विकार वा खराब विचार रहे यसले मानिसलाई खुसी हुनबाट रोक्दछ ।

३. जो मानिस नकारात्मक धारणा, रिस, राग, इष्र्या, लोभ त्याग्न सक्छ उ खुसी हुन सक्छ ।

४. सुखी जीवनकालागि कहिलेकाहिँ जीवनशैली पनि परिवर्तन गर्नु पर्दछ । सन्तुलित जीवनशैलीले हामीलाई दुखी हुनबाट रोक्दछ ।

५. कतिपय अवस्थामा योग, व्यायाम, प्राणायम जस्ता कुराले पनि मानिसको मन शान्त हुन पुग्दछ । यसले समेत उसलाई खुसी तुल्याउन सकिन्छ ।

यि त भए दीर्घकालसम्म कसरी खुसी हुने भन्ने बिषय । तर कहिलेकाहिँ मानिस अचानक निकै दुखी बन्न पुग्यो भने के गर्ने ? यसका लागि निम्न टिप्स अपनाउन सकिन्छ ।

– आफ्नो सबैभन्दा नजिकको साथिसँग भेटर मन खोलेर कुरा गर्नुहोस् ।
– आफ्ना पुराना रमाइला क्षण, घटना याद दिलाउने तस्वीर वा खेलौना हेर्नुहोस् ।
– आफुले उपलब्धी गरेको सफलतालाई स्मरण गरी त्यसैमा रमाउने प्रयाश गर्नुहोस् ।
– रमाइला गीत, फिल्म हेर्नुहोस् वा मन लागेको काम गर्नुहोस् ।
– यदि कुनै पनि कुरा सम्भव भएन भने बगैंचामा जानुहोस् र फूलसँग समय बिताउनुहोस् ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ११ : ०० बजे

रास्वपामा रविको १२ बुँदे ब्रिफिङ : अध्यादेश आवश्यकता, सुकुम्वासीको विचल्ली हुँदैन, ‘भोट बैंक’को राजनीति नगरौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बुधबार बसेको अनौपचारिक

सेनाको जवाफ : सुकुम्वासीको तथ्यांक उद्धार, राहत र पुनर्स्थापनाका लागि मागिएको हो

काठमाडौं– नेपाली सेनाले मनसुन नजिकिँदै गर्दा सम्भावित विपद् जोखिम न्यूनीकरणका

इरान बोल्यो : अहिले पनि अवस्था अझै युद्धजस्तै, डकैती आरोपमा अमेरिकाविरुद्ध राष्ट्र संघमा उजुरी

तेहरान- इरानले देशको वर्तमान अवस्था अझै ‘युद्धजस्तै’ रहेको बताएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी गाउँपालिका-२ घर भएका ३०

रोल्पा घटनाका दोषीलाई कारबाही गर्न वर्षमान पुनको माग

रोल्पा– रोल्पाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता