टाइगर र दिशाविरुद्ध एफआइआर दर्ता « Khabarhub

टाइगर र दिशाविरुद्ध एफआइआर दर्ता


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पाटनीविरुद्ध मुम्बई प्रहरीले एफआइआर दर्ता गराएको छ । दुई दिन अघि दिउँसो दुई बजे मुम्बईको बेडस्टेण्डमा कारमा घुमिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुले बाहिर निस्कनुपर्ने ठोस कारण बताउन नसकेपनि उनीहरुको कागजात हेरेर छोडिदिएका थिए । अहिले भने प्रहरीले सबै कुराको जाँच गरेपछि दुवैका विरुद्ध एफआइआर दर्ता गराएको हो ।

मुम्बई प्रहरीका अनुसार दुवैविरुद्ध धारा १८८ अनुसार उजुरी दर्ता गरिएको छ । अहिले यो मामलामा दिशा र टाइगरलाई पक्राउ गरिएको छैन । किनकी यो जमानती अपराधको श्रेणीमा पर्दछ ।

महाराष्ट्रमा जून १५सम्म कोरोना लकडाउन छ र बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म बाहिर निस्कन छुट छ ।

जिमको काम सकिएपछि दिशा र टाइगर यात्रामा निस्किएका थिए । टाइगर पछाडि बसेका थिए भने दिशा अगाडि थिइन् । प्रहरीले दुवैको आधार कार्ड जाँच गरेको थियो र दोस्रो औपचारिकता पुरा गरेको थियो ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ११ : ३५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी