टाइगर र दिशाविरुद्ध एफआइआर दर्ता « Khabarhub

टाइगर र दिशाविरुद्ध एफआइआर दर्ता


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पाटनीविरुद्ध मुम्बई प्रहरीले एफआइआर दर्ता गराएको छ । दुई दिन अघि दिउँसो दुई बजे मुम्बईको बेडस्टेण्डमा कारमा घुमिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुले बाहिर निस्कनुपर्ने ठोस कारण बताउन नसकेपनि उनीहरुको कागजात हेरेर छोडिदिएका थिए । अहिले भने प्रहरीले सबै कुराको जाँच गरेपछि दुवैका विरुद्ध एफआइआर दर्ता गराएको हो ।

मुम्बई प्रहरीका अनुसार दुवैविरुद्ध धारा १८८ अनुसार उजुरी दर्ता गरिएको छ । अहिले यो मामलामा दिशा र टाइगरलाई पक्राउ गरिएको छैन । किनकी यो जमानती अपराधको श्रेणीमा पर्दछ ।

महाराष्ट्रमा जून १५सम्म कोरोना लकडाउन छ र बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म बाहिर निस्कन छुट छ ।

जिमको काम सकिएपछि दिशा र टाइगर यात्रामा निस्किएका थिए । टाइगर पछाडि बसेका थिए भने दिशा अगाडि थिइन् । प्रहरीले दुवैको आधार कार्ड जाँच गरेको थियो र दोस्रो औपचारिकता पुरा गरेको थियो ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ११ : ३५ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,