सुशान्तको वार्षिकीमा अंकिताले छाडिन् सामाजिक सञ्जाल « Khabarhub

सुशान्तको वार्षिकीमा अंकिताले छाडिन् सामाजिक सञ्जाल


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– टेलिभिजन शो ‘पवित्र रिश्ता’बाट अभिनेत्री अंकिता लोखण्डे र अभिनेता सुशान्त सिंह राजपूतले दर्शकको मन जितेका थिए । उनीहरुको अभिनयलाई दर्शकले अत्याधिक मनपराएका थिए ।

टेलिभिजनमा अनस्क्रिन जोडी बनिरहँदा अफस्क्रिनमा पनि उनीहरुको जोडी जमेकै थिए । ६ वर्षसम्मको डेटपछि उनीहरु अलग्गिने निर्णय लिए । जुन निर्णय दर्शकका लागि चिन्ताको विषय बनेको थियो ।

गत वर्ष सुशान्तको मृत्यु भएपछि अंकिता निकै शोकमा डुबिन् । उनले अन्तरवार्तामै सुशान्तको शोकलाई भुल्न नसकेको बताएकी थिइन् ।

सामाजिक सञ्जालमा सक्रिय रहने अंकिताले हालै एक पोस्ट शेयर गरिन् । जुन पोस्टले उनका फ्यान दुःखी बनेका छन् । उनले आफू केही समयका लागि सामाजिक सञ्जालबाट टाढिने जनाएकी छन् । उनको यो पोस्ट सुशान्तको वार्षिकी भन्दा ठिक अघिल्लो दिन आएको हो ।

‘यो अलविदा होइन । तपाईंसँग पछि भेट्नेछु’, उनले लेखेकी छन् । अंकिताले सामाजिक सञ्जाल केही समयका लागि छोड्ने निर्णय किन लिइन भन्ने कुराको कसैलाई जानकारी छैन ।

अंकिताले सामाजिक सञ्जाल छोडेको यो पहिलोपटक भने होइन । सुशान्तको निधनपछि उनी निकै लामो समयसम्म सामाजिक सञ्जालबाट टाढिएकी थिइन् ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ११ : ५० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी