गण्डकी प्रदेश : विश्वासको मत पहिला कि बजेट ! | Khabarhub Khabarhub

गण्डकी प्रदेश : विश्वासको मत पहिला कि बजेट !



पोखरा– गण्डकी प्रदेशको चालु बजेट अधिवेशन आगामी आर्थिक वर्षको बजेटका विषयमा भन्दा सरकारको विषयमा केन्द्रित देखिएको छ ।

प्रदेश राजधानी पोखरास्थित राष्ट्रिय सभागृहमा आइतबार शुरू भएको प्रदेश सभा अधिवेशनका क्रममै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिनुपर्ने भएकाले बजेटका विषयमा प्रदेश सदस्यहरूले चासो दिएका छैनन् । प्रदेश सभामा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत भएको छ तर सत्तारूढ दलकै सांसदहरू विषयान्तर गर्नतिर लागेका छन् ।

सत्तारूढ एमालेका सांसदहरू सरकारको बचाउमा लागेका छन् भने विपक्षी सांसदहरू सरकार ढाल्न कस्सिएका छन् । प्रदेश सदस्यहरूले राजनीतिक विषयमा मात्रै चासो राखेपछि बजेटको विषय ओझेलमा परेको छ ।

एमाले सांसदले मागे सभामुखको राजीनामा

सत्तारुढ दलकै एक सांसदले सभामुख नेत्रनाथ अधिकारीको राजीनामा मागेका छन् । बुधबारको बैठकमा सांसद मनबहादुर गुरुङले गत वैशाख १६ गते अविश्वासको प्रस्तावमाथि मतविभाजन गर्ने बेलामा बैठक स्थगित गरेको भन्दै सभामुख अधिकारीमाथि नैतिकताको प्रश्न उठाए ।

बुधबार विनियोजन विधेकय २०७८ को सिद्धान्त र प्राथमिकताबारे बोल्ने क्रममा प्रदेश सदस्य गुरुङले सभामुखको राजीनामा मागेका हुन् । गत वैशाख १३ गते प्रदेशसभा बैठकमा अविश्वासको प्रस्तावमा मतदान हुने कार्यक्रम रहेकोमा कार्यसूचीमा परेको मतदानको कार्यक्रम किन रोकियो भन्दै सांसद गुरुङले सभामुखलाई प्रश्न गरे । उनले कार्य व्यवस्था परामर्श समितिमाथि पनि प्रश्न उठाए ।

सभामुख अधिकारीले सांसद गुरुङलाई नियमावली हेर्न निर्देशन दिएका थिए । सभामुखमाथि नै नैतिकताको प्रश्न उठाएपछि सांसद गुरुङको अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटाइएको छ ।

विपक्षीको विरोध

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत नलिई बजेटको तयारी गरेको भन्दै विपक्षी सांसदहरूले विरोध गरेका छन् । बुधबारको बैठकमा विपक्षी सांसदहरूले मुख्यमन्त्रीले विश्वासको मत लिएर मात्रै बजेटको काम अघि बढाउन सुझाब दिए ।

जनमोर्चा सांसदको अडान यथावत

प्रदेशको चालु अधिवेशनमा मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त पाउँछन् कि पाउँदैनन् भन्ने निश्चित छैन । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाका कारण विश्वासको मत अनिश्चित भएको हो ।

यसअघि पार्टी निर्णय विपरित राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले मुख्यमन्त्री गुरुङलाई साथ दिएपछि विपक्ष गठनबन्धन अल्पमतमा परेको थियो । राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेतासमेत रहेका सांसद थापालाई जनमोर्चाले एक वर्षका लागि पार्टीबाट निलम्वन गरिसकेको छ ।

सांसद थापाले भने आफ्नो अडान यथावत् राखेका छन् । उनले कांग्रेसलाई साथ दिन नसक्ने अडान दोहोर्‍याएका छन् ।

आइतबारको बैठकमा जनमोर्चाको तर्फबाट सचेतक पियारी थापालाई दलको नेताको हैसियतमा संसदमा धारणा राख्न समय दिइएको थियो ।

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि पदबाट राजीनामा दिई गत वैशाख २९ गते प्रदेश सभामा ठूलो दलको नेताको हैसियतमा उनी फेरि मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । उनले जेठ २७ गतेसम्ममा प्रदेश सभाको विश्वास प्राप्त गर्नुपर्नेछ ।

प्रदेश सरकारले असार १ गतेभित्र आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  १२ : २२ बजे

जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रबलीकरण गर्न सकिने

काठमाडौं– जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रबलीकरण सम्बन्धमा विस्तृत क्षति

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन

नेपालगञ्जमा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागूऔषध खैरो

भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९औँ स्वतन्त्रता दिवस 

काठमाडौं– नेपालस्थित भारतीय दुतावासले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान

खानेपानीमन्त्री यादव र भारत सरकारका विज्ञ टोलीबीच छलफल

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई-मधेसको खानेपानीसम्बन्धी