नेप्सेमा २९.५५ अंकको वृद्धि, फेरि नयाँ रेकर्ड कायम « Khabarhub

नेप्सेमा २९.५५ अंकको वृद्धि, फेरि नयाँ रेकर्ड कायम


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजारमा आज नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेर बजारमा नयाँ रेकर्ड कायम भएको हो ।

आज २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगेको छ । गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

आज कायम भएको नेप्से परिसूचक हालसम्मै उच्च विन्दुमा पुगेको हो । बिहीबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेर १७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ ।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने चार वटामा रातो पोतिएको छ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ४ : २० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको