मुख्यमन्त्री राउतको चेतावनी : बजेट वक्तव्य नसच्याए चुरे संरक्षणको रक्षार्थ आवश्यक निर्णय लिन्छौँ | Khabarhub Khabarhub

मुख्यमन्त्री राउतको चेतावनी : बजेट वक्तव्य नसच्याए चुरे संरक्षणको रक्षार्थ आवश्यक निर्णय लिन्छौँ


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश–२ सरकारले संघीय सरकारले बजेटमार्फट ल्याएको ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रमको विरोध गर्दै त्यसलाई सच्याउन आग्रह गरेको छ ।

संघीय सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा समावेश ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रम हटाउन आग्रह गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आज विज्ञप्ति जारी गर्दै बजेटको उक्त कार्यक्रम सच्याउन आग्रह गरेका छन् । केन्द्र सरकारले निर्णय नसच्याए प्रदेश नम्बर २ ले चुरे संरक्षण तथा प्राकृतिक सम्पदा रक्षार्थ आवश्यक निर्णय लिने चेतावनी मुख्यमन्त्री राउतको छ ।

सरकारले चुरे दोहन हुने गरी ल्याएको कार्यक्रमबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मुख्यमन्त्री राउतले विरोध गरेका छन् ।

सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड प्रदेशको रक्षा कवचको रूपमा रहेको भन्दै उनले जनता बाढीपहिरो, पानीलगायत समस्याबाट पीडित हुँदै आएको अवस्थामा चुरे दोहन हुने गरी सरकारले बजेटमा कार्यक्रम समावेश गरेकोले विरोध गर्नुपरेको बताएका छन् ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ५ : ३६ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र