नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छैन : मन्त्रालय « Khabarhub

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको छैन : मन्त्रालय


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको कुनै नयाँ भेरियन्ट नभेटिएको स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यममा आएको नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको निराधार समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालमा कुनै नयाँ भेरियन्ट फेला नपरेको पुष्टि गरेका हुन् ।

उनले ‘नेपाल भेरियन्ट’ भन्ने कुनै भेरियन्ट नै नभएको बताए । गर्दै विश्व स्वास्थ्य संगठनले नेपालमा देखिएको भेरियन्ट नयाँ नभएको स्पष्ट पारिसकेको उनले जनाएका छन् ।

अहिले नेपालमा ‘अल्फा (B.1.1.7),’ र ‘डेल्टा (B.1.617.2)’ भेरियन्ट रहेको र पछिल्लो समय देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट डेल्टा (B.1.617.2) अहिले बढी सक्रिय भएको मन्त्रालयले जानकारी दिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘अल्फा’, ‘गामा’, ‘काप्पा’ छुट्टाछुट्टै नाम दिइएको छ ।

“जनस्वास्थ्यका विषयमा स्वास्थ्य मन्त्रालयबाट आधिकारिक सूचना जानकारी नदिई त्यस किसिमको भ्रमक समाचार सम्प्रेषण नगरी जिम्मेवार बनिदिन र त्यस किसिमका गतिविधि गर्ने गराउने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई मन्त्रालय जिम्मेवार बन्न सचेत गराउँछ”, मन्त्रालयका प्रवक्ता डा. पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले सङ्क्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न गराउन भूमिका बढाउन सवैलाई अपिल गरेको छ । यसैबीच विश्व स्वास्थ्य सङ्गठन नेपालले पनि नेपालमा नयाँ भेरियन्ट कुरा जानकारी नभएको स्पष्ट पारेको छ । सङ्गठनले नेपालमा रहेका भेरियन्टहरू अल्फा (B.1.1.7), डेल्टा (B.1.617.2) र काप्पा (B.1.617.1) हुन् र यीमध्ये अहिले डेल्टा सक्रिय रहेको भेरियन्ट रहेको जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ९ : १५ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा