नेपालले तत्काल खोप नपाए अहिलेको कठिन अवस्था निरन्तर : डब्लुएचओ (भिडियोसहित) « Khabarhub

नेपालले तत्काल खोप नपाए अहिलेको कठिन अवस्था निरन्तर : डब्लुएचओ (भिडियोसहित)


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालले तत्काल कोरोनाविरुद्धको खोप प्राप्त गर्न नसके अहिलेको कठिन अवस्था निरन्तर रहने खतरा औँल्याएको छ ।

डब्लुएचओको नेपाल कार्यालयले बिहीबार भिडियो वक्तव्य जारी गर्दै तत्काल नेपाललाई खोप आपूर्ति गर्न ठूला राष्ट्रलाई आग्रह गरेको छ । नेपाल अझै कोरोना संकटबाट मुक्त हुने अवस्थामा नरहेको जनाउँदै डब्लुएचओले तत्काल खोप उपलब्ध गराइनु पर्नेमा जोड दिएको छ ।

संगठनका नेपाल प्रमुख डा. राजेश शम्भाजिराव पाण्डवले नेपालले तत्काल खोप प्राप्त गर्न नसके अहिलेको कठिन अवस्था निरन्तर रहने बताएका हुन् ।

नेपालको कूल जनसंख्याको ७ प्रतिशत अर्थात २१ लाखले मात्र खोप प्राप्त गरेको जनाउँदै डा. पाण्डवले सातलाख भन्दा केही बढीले मात्र खोपको दोस्रो मात्रा प्राप्त गरेको बताए ।

उनले भने, ‘अहिलेको आवश्यकता भनेको बाँकी १४ लाखलाई खोपको दोस्रो मात्रा उपलब्ध गराउनु हो । जसमध्ये प्राय ६५ वर्ष उमेरमाथिका उच्च जोखिम समूहका मानिस छन् ।’

डब्लुएचओका विश्व निर्देशक डा. ट्रेडोस र दक्षिण एसिया निर्देशक डा. पुनमले कठिन घडीमा नेपाललाई सहयोग गर्न अपिल विकसित राष्ट्रलाई आग्रह गरेको जानकारी पनि उनले दिए ।

‘खोपको मौज्दात भएका सबै मुलुकलाई नेपाललाई यथाशक्य चाँडो खोप उपलब्ध गराउन म अपिल गर्न चाहन्छु’ उनले भने, ‘यो अहिले देखिएको अभावलाई पूर्ति गर्ने तात्कालिन उपाय हुनेछ ।’

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ८ : ३८ बजे

गगनलाई सभापतिमा निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि