क्यानाडा पठाउने नाममा डेढ करोड ठगी, एक जना पक्राउ « Khabarhub

क्यानाडा पठाउने नाममा डेढ करोड ठगी, एक जना पक्राउ


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्यानडा पठाइदिन्छु भन्दै डेढ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे पाँच खाल घर भई हाल काठमाडौँको नयाँ बानेश्वरमा बस्दै आएका २१ वर्षीय प्रजिन अधिकारी छन् । प्रहरीले अधिकारीलाई काभ्रेको बनेपास्थित दाहालगाउँबाट असार १७ गते पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार अधिकारीले वर्किङ भिसामा क्यानडा पठाएर राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै सर्लाही लालबन्दीकी यमुना बस्नेतसँग १७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

प्रहरी अनुसन्धानबाट अधिकारीले यमुना बस्नेतसँग मात्र नभएर अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको खुलेको छ । उनले हालसम्म १ करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १० : २५ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका